Logo

    साढे २ बर्षीय नेपाली बालकले सबै लाई नचाए भिडियो हेर्नुहोस

    en-usOctober 14, 2012
    What was the main topic of the podcast episode?
    Summarise the key points discussed in the episode?
    Were there any notable quotes or insights from the speakers?
    Which popular books were mentioned in this episode?
    Were there any points particularly controversial or thought-provoking discussed in the episode?
    Were any current events or trending topics addressed in the episode?

    About this Episode

    क्यानडामा बसोबास गरिरहेका एक नेपाली बालक  जसले साढे दुइ वर्षमै आश्चर्यरुपमा आफ्नो कला प्रस्तुत गरेका छन्। क्यानाडामा नै रहेका एक नेपाली  बालकले क्यानाडामा रहेका नेपालीहरुले गरेको एक सार्वजनिक कार्यक्रममा मादल बजाएर आफ्नो यस्तो कला प्रस्तुत गरेका हुन्।


    Recent Episodes from तुल्सिपुर अनलाईन

    मलाई चिन्नुहुन्छ ?

    मलाई चिन्नुहुन्छ ?
    लेखक :- आन्विका गिरी
    मैले उसलाई परैबाट चिनेँ । ऊ पनि म भएतिरै आयो । म कलेजको चौरमा पूजालाई पर्खिरहेकी थिएँ । उसले उस्तै दह्रो गरी हात मिलायो र उस्तैगरी मुस्कुरायो ।
    युद्धविरामताका हामीले खुबै भेट्याँै, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेड्स क्याफेमा भेट्थ्यौँ त कहिले महाराजगन्जकोे उही हटव्रेड्स क्याफेमा नै । मैले गन्ती नै त गरनिँ तर हामीले त्यो साता थुप्रै कप कफी पियौँ ।
    कफी त एउटा बहाना मात्र थियो, हामी त कुरा गर्न चाहन्थ्यौँ । अझभन्दा मसँग उसलाई सोध्नुपर्ने प्रश्नको ठेली नै थियो ।
    ऊ मलाई अमृत साइन्स क्याम्पसअघि कुररिहेको थियो । शनिबारको दिन भए पनि बिहानै निस्केकीले खाना खाएकै थिइनँ । हातमा एउटा चाउचाउको प्याकेट बोकेर म क्याम्पसअघि पुग्दा ऊ उभिरहेको थियो । राती छुट्टँिदा १० बजे भेट्ने कुरा भए पनि म १२ बजे मात्र पुगेँ ।

    "सरी !" मैले औपचारकि हुनु जरुरी ठानिनँ, त्यसैले भनिनँ । उसले पनि, "किन ढिलो ?" भनेन । हामी क्याम्पससँगैको गल्लीबाट भित्र छिर्‍याँै, ठमेल मेरो मनपरेको संसार थियो । ठमेलमा क्रिसमसको रङ चढेको थियो । शान्ता क्लजका आकृतिहरू अनि अरू पनि थुप्रै चमकधमकहरूले ठमेल सिँगारएिको थियो ।
    क्याफेमा मान्छेको चहलपहल अलि बेसी नै थियो । शनिबार भएकाले युवकयुवती मात्र होइन, परविारवालाहरू पनि थिए । मैले भित्र कालो लामो टिसर्ट, बाहिर कालो ज्याकेट र नीलो जिन्सको पाइन्ट लगाएकी थिएँ । उसले पनि माथिबाट कालो ज्याकेट लगाएको र भित्र कालै टिसर्ट लगाएको थियो ।
    "तिमी आज अरू दिनभन्दा राम्री देखिएकी छौ," उसले कुराको सुरुवात गर्‍यो । उसको यो सुरुवात अलि अचम्मकै थियो, यसअघि उसले कहिल्यै त्यस्तो भनेको थिएन । ऊ सौन्दर्यको कुरा नै गर्दैनथ्यो ।
    "तिमीले मलाई अरू दिन नियालेर हेरेका थिएनौ क्यारे ! म सधैँ यस्तै हुँ । मेरो मतलब म सधैँ राम्रै देखिएकी हुन्छु नि !" मैले पनि अस्वाभाविक सुरुवात नै गरँे । म पहिलोचोटि त्यसरी ठट्टाको शैलीमा ऊमाझ प्रस्तुत भएकी थिएँ । ऊ हाँसेन तर आफँैले के भनेको होला भनेर मलाई अप्ठ्यारो लाग्यो र आफूलाई सामान्य पार्न म हाँसेँ ।
    "तिमी मर्नदेखि डराउँछ्यौ हो ?" सधँै प्रश्न म सोध्थेँ तर आज उसले सोध्यो । हाम्रो भेटघाटमा मैले पहिलोचोटि नै यो प्रश्न सोधेकी थिएँ । उसले एक सेकेन्ड पनि नकुरीकन जवाफ दिएकोे थियो, "म मर्नदेखि डराउँदिनँ ।"
    मैले पनि उसले झैँ तुरुन्तै जवाफ फर्काएँ, "अहँ, म मर्नदेखि डराउन्नँ ।"
    "त्यसो भए किन तिमी मसँग जान चाहन्नौ ? तिमी लोकतन्त्रको कुरा गछ्र्यौ, आन्दोलनको कुरा गछ्र्यौ तर फेर ि?"
    "म मर्नदेखि डराउन्नँ तर मार्नदेखि डर लाग्छ । म आफ्नालाई मार्न सक्दिनँ अनि तिम्रो गढमा आफ्नाले आफ्नालाई मार्छन् । के मलाई त्यहाँ त्यसो नगर्न छुट हुनसक्छ ?" मेरो बोलीमा आक्रोश थियो । म अलि उत्तेजित भएछु तर वरपर मान्छेहरू आफ्नै धुनमा थिए । हिजोआज कोही कसैको वास्ता गर्दैन, त्यसकै फाइदा भयो मलाई ।
    "हामी मान्छे मार्दैनाँै, खराब तत्त्व मार्छौं," उसले तर्क दियो ।
    "तिमीहरूको बाटोमा आउने जो पनि असल तत्त्व अनि नआउने सबै खराब तत्त्व ? यही होइन त तिमीहरूले खराब र असल छुट्याउने मापदण्ड ?" म पनि कम थिइनँ ।
    ऊ केही बोलेन । उसले अर्को कुनै तर्क पनि पेस गर्न सक्थ्यो तर त्यसो गरेन र कफी पिउन थाल्यो । अलि गम्भीर र उदास देखिन्थ्यो । एकछिनअघिसम्म ऊ मलाई हेररिहेको थियो तर फेर िएकैछिनमा उसको ध्यान मैले क्याफेको भित्ताको पेन्टिङ्मा भएको पाएँ । पेन्टिङ् भारी बोकेर उकालो लाग्दै गरेको एक जना भरयिाको थियो ।
    "म गाउँ र्फकंदैछु । पार्टीले बोलाएको छ । अब हामी भीषण तयारीमा जुट्नेछौँ," उसले हिजो राती यही टेबलमा भनेको थियो । माओवादीहरूले छिट्टै नै युद्धविराम भङ्ग गर्ने हल्ला चलेको थियो । पत्रपत्रिकामा पनि त्यस्तै आशयका खबरहरू छापिइरहेका थिए । सात पार्टीसँग सहमति भए पनि खासै दबाबमूलक केही कार्यक्रम भएको थिएन ।
    "के त्यसो भए यो हाम्रो अन्तिम भेट हो त ?" मैले दुःखी भएर सोधेकी थिएँ ।
    "होइन, भोलि फेर िभेटौँ न !" ऊ केही मुस्कुरायो र हामी छुट्टयिाँै ।
    ऊ विद्रोही थियो, कुनै एउटा गाउँमा उसको र मेरो भेट भएको थियो । म राजधानीमा पढ्न बसेकी एउटी केटी । मलाई उसको परविेशका बारेमा जान्ने खुब उत्सुकता थियो । बन्दुकका बारेमा, युद्धका बारेमा, सफायाका बारेमा अनि अरू पनि थुप्रै कुराहरू जान्न म निकै उत्सुक थिएँ । उसले सुरुवातमा मेरो उत्तेजना देखेर मलाई बेकम्मा केटी भन्ठानेर तिरस्कार पनि नगरेको होइन तर फेर िऊ र म नजिक भयौँ । मैले आफू यो यो कारणबाट बेकम्मा होइन भनेर एउटा चिट्ठी पठाएकी थिएँ । त्यो चिट्ठीले नै उसलाई मप्रतिको विचार परविर्तन गर्न मद्दत गर्‍यो । मैले पठाएको चिट्ठी उसको विचारमा एकदमै उत्कृष्ट थियो । पढिरहन मन लाग्ने र पढेपछि मेराबारेमा सोच्न मन लाग्ने । त्यो चिट्ठी उसका साथीहरूले पनि पढेका थिए ।
    "मेरा साथीहरू तिमी मेरी प्रेमिका हौ वा तिमी मलाई मन पराउँछ्यौ भनेर सोच्छन्," उसले पहिलाको एउटा भेटमा भन्यो ।
    "हो त ?" मैले उसको विचार जान्न चाहेकी थिएँ ।
    "होइन," उसले भनेको थियो ।
    "त्यसो भए छाडिदेऊ अरूले जे पनि भन्न सक्छन् । तिम्रा साथीहरूलाई भनिदेऊ कि मेरो अरू नै कोही प्रेमी छ ।"
    "साँच्चै ?"
    "हो, साँच्चै !"
    यो संवादपछि उसले उसका साथीहरूले हिजोआज मेराबारेमा के कुरा गर्छन् भनेर मैले सोध्दा केही भन्दैनन् भन्थ्यो । युद्धविराम हुनेताका ऊ काठमाडौँ आएको थियो । यहाँ ऊ कम्प्युटरसम्बन्धी केही सिक्दै थियो । ऊ राजधानी आउनासाथ नै हामीले भेट्न सुरु गरेका थियौँ । ऊ र मैले गर्ने कुरा राजनीतिको मात्र हुन्थ्यो तर पनि हाम्रो सम्बन्ध राजनीतिक थिएन । ऊ मलाई पनि बन्दुक बोक्न हौस्याउँथ्यो तर म सीधै सधैँ अस्वीकार गर्थें ।
    "तिमी तयार छौ युद्धका लागि ?" मैले कफी सकाउँदै सोधँे ।
    "हो तयार छु ।"
    "यो डरलाग्दो कुराको अन्त्य कहिले हुन्छ ? के तिमीहरू सधँै मर्न र मार्नेको मात्र तयारी गर्छौ ?"
    "हामीले जित्छौँ अनि यो सब डर हराएर जान्छ ।"
    "तर, के त्यो जित मनाउन तिमी जीवित हुन्छौ ?"
    "नहुन पनि सक्छु ।"
    मैले बेरालाई बोलाएँ र अर्को कप कफी मगाएँ दुवै जनाका लागि ।
    "हाम्रो यो अन्तिम भेट मान्दा हुन्छ अब मैले त्यसो भए ?"
    "अन्तिम पनि हुनसक्छ तर जे पनि हुनसक्छ ।"
    "मलाई तिमी माफ गर, म तिमीसँग जान सकिनँ । म लोकतन्त्रका पक्षमा छु तर मान्छे मार्ने हिम्मत ममा छैन ।"
    "तिम्रो नैतिक समर्थनको पनि म सम्मान गर्छु," उसले मेरा आँखामा हेर्दै भन्यो । उसका अरूबेला डरलाग्दा लाग्ने आँखा त्यतिखेर मलाई कति पि्रय लागे । त्यसमा स्नेह थियो ।
    दोस्रो कप कफी पनि सकियो । पैसा उसले तिर्‍यो, छुट्टनिे बेलाको 'टि्रट' भनेर उसले मलाई तिर्न दिएन । हामी पैदल हिँड्यौँ, ठमेलका गल्लीहरू बिनाकाम चहार्‍यौँ । ऊ र म केही नबोली चुपचाप हिँड्यौँ । कहाँसम्म जाने कुनै निश्चितता थिएन । वीर अस्पतालको छेउमा आएपछि मैले घडी हेरँे, ३ बज्न लागेको थियो ।
    "किङ्कङ् हेर्ने ?" उसले अचानक सोध्यो । 'ल म गएँ है' भनेर छुट्टहिाल्ने अवस्था त थिएन तर फिल्म नै हेर्नका लागि मैले आफूलाई सहमत गराउन सकिनँ ।
    "फिल्म ?" मैले अस्वीकार गरेँ, "नाइँ, अल्छी लागेको छ ।"
    उसले केही भनेन । हामी न्युरोडतिर बाङ्गियौँ ।
    "अब जीवन अस्तव्यस्त हुन्छ । यहाँजस्तो नुहाउने, दाह्री काट्ने फुर्सद हुन्न ।" दाह्री काट्ने भन्दा उसले मलाई हेर्‍यो । उसलाई मैले दाह्री नराख्दा नै राम्रो देखिन्छ भनेकी थिएँ तर आफ्नो प्रेमीलाई झैँ दबाब दिएकी थिइनँ । दबाब दिने इच्छा पटक्कै थिएन ।
    "अब म दाह्रीका बारेमा पहिलाको जस्तो सोच्दिनँ," मैले उसले मलाई हेरेपछि भनँे ।
    "किन ? तिम्रो बिछोड भयो कि क्या हो आफ्नो प्रेमीसँग ?" उसले ठट्टा गर्‍यो ।
    "होइन, अब मलाई मेरो प्रेमी यति मन पर्छ कि दाह्रीमा पनि मैले उसलाई राम्रो देख्न थालिसकँे," मैले तुरुन्त जवाफ दिएँ ।
    हामी वसन्तपुरमा कपाल फुलेको तर पूरै कपाल फुलिहाल्ने उमेर नभएको एउटा अधबैँसेकोमा चिया खान बस्यौँ । चियाको कप समातेर मैले सोधँे, "यसबीचमा तिमीले कोही मान्छे मारेनाै, केही लुटपाट मच्चाएनौ । के त्यो तिम्रा लागि स्वणिर्म आनन्द थिएन ?"
    "थियो," उसले सटीक जवाफ दियो ।
    "अनि, किन फेर िर्फकन्छौ त ?"
    "त्यो क्षणिक थियो तर अब हामी सधैँका लागि लड्छौँ ।"
    "तर के फेर िहामी यसरी नै भेट्छाँै त ?"
    ऊ केही बोलेन । मैले बोलाउन पनि चाहिनँ । मलाई होस्टल र्फकनु थियो समयमा नै । हामी छुट्टनिुपर्ने भयो । ऊ जाँदै थियो, भोलि बिहान । पुरानै ठाउँमा या नयाँ कतै अन्तै, मैले सोधिनँ पनि । ऊ जहाँ गए पनि आखिर ऊ लड्थ्यो । अब हुने भीषण रक्तपातको अघिल्ला दिनहरूमा सहर यसरी उज्यालो भएको देख्दा मलाई लाग्यो, निभ्ने बेलाको बत्तीको उज्यालो त होइन यो कतै ? मैले उसका आँखामा हेरेँ । त्यसमा फेर िस्नेह थियो ।
    त्यसपछि उसको र मेरो भेट भएको थिएन । अचानक उसलाई देख्दा मैले पनि दह्रो गरी हात समाएँ । उसले मेरो आँखामा हेररिह्यो, एकटक । कस्ता सुक्खा आँखा । मलाई लाग्यो, उसले पार्टीको कुनै ठूलै जिम्मेवारी पायो होला, त्यसैले अलि फरक भाव आएको होला आँखामा । आखिर उसले बीए पास गरेको थियो र माओवादीहरू पनि पहिलाजस्तो जङ्गलमा नभएर राजधानीमा थिए । पार्टी सरकारमा भएका बेला पनि उसले केही न केही काम त पक्कै पाएको हुनुपर्ने । उसको आँखाले 'तिमीलाई मैले भनेको होइन, देख्यौ हामी अहिले पावरमा आएनौँ त ?' भनेजस्तो पनि लाग्यो ।
    "तिमीलाई सञ्चै छ ?" हात समाएको धेरै बेर भएकाले मैले हात छुटाउँदै सोधेँ ।
    उसले मेरो हात छाडेन । अझ कसिलो गरेर समायो । पूजा आइसकेकीले मलाई निकै अप्ठ्यारो लागिरहेको थियो । फेर िहाम्रो छेउबाट ओहोरदोहोर गर्नेहरू पनि हेरेर मुसुमुसु हाँस्दै गइरहेका थिए । मैले बल गरँे तर सकिनँ ।
    "छोड मेरो हात !" मैले झर्केर भनेँ र बल गरी नै रहेँ ।
    "तपाईं मलाई चिन्नुहुन्छ ?" उसले हात छाडेर सोध्यो ।
    उसले मसँग त्यस्तो ठट्टा पनि गर्ला भन्ने लाग्दै लागेको थिएन । म हाँसेँ, कहिलेदेखि ठट्टा गर्न सिक्यौ ?
    "साँच्चै भन्नुस् न तपाइर्ं मलाई चिन्नुहुन्छ ?" उसले यसपटक अलि आत्तिएर सोध्यो ।
    "तिमीले चिनेको मान्छे होइन ?" पूजाले मलाई झपारी ।
    "ऊ...ऊ...," म अकमकाएँ ।
    "ओहो, तिमी यहाँ पो छौ ?" यत्तिकैमा दुई जना गाउँतिरका जस्ता लाग्ने केटाले उसको पाखुरा अँठ्याए ।
    "उहाँले मलाई चिन्नुहुन्छ जस्तो छ," उसले फुत्कने प्रयास गर्दै मतिर देखायो ।
    "हामी पनि चिन्छाँै तिमीलाई, हिँड !" ती केटाहरूले उसलाई घिच्याए ।
    म लाटोझैँ बक्क परेर एकछिन त हेररिहँे तर एकैछिनमा पूजाले रोक्दारोक्दै पनि उनीहरूलाई भेट्टाउन दौडिएँ । उनीहरू सडकमा पुगिसकेका थिए ।
    "उसलाई किन घिच्याउनुभएको ? म चिन्छु उसलाई," मैले स्वाँस्वाँ गर्दै भनँे ।
    "हामीलाई थाहा छ तपाईंले चिन्नुहुन्छ तर अब ऊ आफैँले आफैँलाई चिन्दैन," एउटाले रोकिएर भन्यो, "एक जना जमिनदारको सफाया गर्न गएका बेला सेनाले टाउकोमा ढुङ्गा बजारििदए । त्यसपछि ऊ आफैँलाई पनि चिन्दैन ।"
    "उपचार गराउनुभएन ?"
    "डाक्टरले विदेश लाने सल्लाह दिएका थिए । पार्टीलाई सरकारमा जान, गएपछि पजेरोमा चढ्न, टाइ-सुट लाउन, फाइभस्टारमा खाना खान सिक्दै समय लाग्यो । जब उसलाई उपचार गराउने कुरा आयो, हाम्रा महान् नेताहरूले बल्ल आफूहरू पार्टीको लाइनबाट पर पुगेको थाहा पाए," अघिकैले भन्यो ।
    "धन्न पागलखानामा नेताको सिफारसिबिना पनि भर्ना हुन्छ," अर्कोले उसलाई हेरेर भन्यो ।
    "ऊ," उसले बाटोमा हिँडेको एउटा बूढो मान्छेलाई देखायो, हामीले पनि त्यतै हेर्‍यौँ ।
    "उहाँले मलाई चिन्नुहुन्छ", ऊ दौडियो ।
    "ए... ए...," ती मान्छेहरू पनि दौडिए ।
    म दौडन सकिनँ । त्यसबेला क्रिसमसमा बलेको सहरको बत्ती बल्ल पो निभेर दिउँसै अँध्यारो भएको देखँे ।
     साभार :- नेपाल साप्ताहिक
    अंक २६७

    विम्ली आफैं बोली

    विम्ली आफैं बोली
    लेखक :-आन्विका गिरी

    'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले भन्दिनुपर्ने।
    'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने!
    'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!'
    'बुवा विम्ली यसपालि पनि फर्स्ट भई नि!' मैले सुनाइदिनुपर्ने।  'बुवा विम्लीलाई पिकनिक जान पचास रुपैयाँ दिनुस् रे!' मैले मागिदिनुपर्ने। 

    'तँ विम्लीको चम्चा होस्,' बा मलाई हकार्नुहुन्थ्यो, 'विम्लीको मुख छैन!' अरूबेला बा मलाई कहिल्यै तँ भन्नुहुन्थेन। विम्लीको रिसको झाँेक बा ममाथि पनि खन्याउनुहुन्थ्यो। 

    विम्लीको मुख किन नहुनु! तर विम्ली बोल्दिनथी। आमासँग, स्कुलमा साथीहरूसँग बाहेक विम्लीको मुख घरमा खुल्दैनथ्यो। विम्ली मेरी दिदी हो। मभन्दा दुई वर्ष जेठी! घरमा बुवा र आमाले उसलाई मैले बोल्न सिक्दै गर्दा विम्ली भनेर बोलाएको सुनेपछि मैले पनि उसलाई सधैं विम्लीमात्र भनेँ। खासमा त ऊ विमला हो नि! तर न बाले न आमाले मलाई 'विम्ली होइन, विमला दिदी भन्' भन्नुभएन। विम्ली आफैंले पनि भनिन।
    अँ, अनि म विम्लीको चम्चा नै थिएँ। हाम्रा आवश्यकता बालाई नभनी पूरा नहुने अनि बाको सामुन्ने विम्ली बोल्नै नसक्ने। म सेतुको काम गर्थें। सुरुमा त 'तँ आफैं भन्, म भन्दिन' भनेर मैले नभनेको होइन तर ऊ बोल्नै नसक्ने भएपछि मैले भनिदिन थाले। कहिलेकाहीँ मेरो काम आमाले पनि गर्नुहुन्थ्यो। खासमा पहिला आमा नै विम्लीका लागि बोल्नुहुन्थ्यो। अलि टाठो भएपछि आमाको ठाउँ मैले लिएँ।
    विम्लीको कुरा बाले सुन्दै नसुन्ने होइन। विम्लीले जे मागे पनि पाएकै थिई। कापी, किताब, दसैंमा लुगा, जालीवाला चप्पल, पिकनिक जाने पैसा; मागेको सबै पाउँथी। उसका माग्ने कुरा पनि धेरै थिएनन्। मझैं घरमै क्यारामबोर्ड उसलाई चाहिएको थिएन। मझैं टिकटिके घडी उसले मागेकी थिइन। मलाई झैं दिनदिनै चकलेट पनि उसलाई खानुपरेको थिएन। मेरोझैं उसको बारबार पेन हराउँदा पनि हराउँदैनथ्यो। मझै दसैंमा उसलाई लुगासँगै कालो चस्मा पनि चाहिन्नथ्यो।
    'बा बाघ हो?' म उसलाई जिस्काउँथेँ, 'तँलाई खानुहुन्छ?'
    'अहिले मारिदिन्छु अनि!' ऊ मलाई लखेट्थी। भेटीहाली भने टाउकोमा हान्थी पनि तर वरपर बालाई देखी भने दौडेर घरभित्र पस्थी। अनि पढ्न थालिहाल्थी। बा घरमा हुँदा विम्ली कराएर पनि पढ्दैनथी।
    बा जिल्ला प्रशासन कार्यलयमा सुब्बा हुनुहुन्थ्यो। अलिकति खेत पनि थियो। 'हामी दुई, हाम्रा दुई' बाआमाले यही सोचे क्यारे, हामी दुई सन्तानपछि बाले अपरेसन गराउनुभएको थियो। आमाले भनेर थाहा पाएको!
    म पाँचमा, विम्ली सातमा पढ्थी। दसैंको रन्को लागेको थियो। विम्लीलाई पाइन्ट चाहिएको थियो। उसले पाइन्ट लगाएकै थिइन। परारसम्म सधैं जामा लगाउने उसलाई पोहोर कुर्ता सुरुवाल किनिदिनुभएको थियो। विम्लीले पाइन्टको कुरा झिक्दा पनि झिक्दैनथी होली। मैले नै उसलाई उचालेको हो। बासँग गर्मीको छुट्टी हुँदा बजार गएका बेला विम्लीकै उमेरकी केटीले पाइन्ट ला'को देखेपछि मलाई पनि विम्ली पाइन्टमा कस्ती देखिएली हेर्न मन लागेको थियो। आफूलाई भए त म उतिखेरै किनाउँथे, विम्लीका लागि भने दसैं नै कुरेर बस्नुपर्थ्यो। अरूबेला विम्लीलाई लुगा चाहिएकै हुन्थेन। उसैलाई नचाहिएपछि मैलेमात्र भनेर के हुन्थ्यो र!
    'विम्ली तँ पाइन्ट किन्,' मैले भनेँ, 'जिन्सको पाइन्ट र टिसर्ट तँलाई सुहाउँछ।'
    'गाउँमा कसैले लाएको छ र पाइन्ट!' उसले मन गरिन।
    'गाउँमा कोही क्लास फर्स्ट भा'को छ,' मैले चम्किँदै भने, 'मेरी दिदी अरूभन्दा त फरक हुनैपर्योर नि!'
    'तैंले बालाई भन्दिन्छस् त?' उसले चासो देखाई।
    बा अफिसबाट आउनुभएकै थिएन। हामी आँगनको झार उखेल्दै थियौं। हाम्रो आँगनको कुनाकानीमा अलिअलि झार उम्रेका थिए। आमाले गोबरले आँगन लिप्नुअघि हामीलाई झार उखेली भ्याउने काम अह्राउनुभएको थियो।
    'तेरो मुख छैन?' मेरो पारो तात्यो, 'कहिले त बोल् विम्ली!'
    'तंैले भन्दिने भए भन्दे नत्र भयो,' ऊ पनि ताती, 'मलाई लाउनुपरेको छैन पाइन्ट!'
    बासँग पो विम्लीको बोली फुट्दैनथ्यो, मसँग त सन्किइहाल्थी नि!
    'म भन्दिन्छु,' म सेलाएँ, 'भरे बालाई भन्छु, हामी भोलि नै बजार जानुपर्छ!'
    विम्ली आखिर मेरी एउटीमात्र दिदी थिई, कम्ता माया लाग्दैनथ्यो मलाई उसको। ऊ पनि मलाई खुब माया गर्थी। एकादशी, पूर्णिमामा अनि अरू व्रतमा आमाले टीका लगाएर दिएको पैसा ऊ मसँग बाँड्थी। छोरा भएकाले मैले दसैंमा समेत पैसा पाउन्न थिएँ। बा आफ्नो र आमाको गोडा राखेर ढोग्ने पैसा त मलाई दिनुहुन्थ्यो तर मैले गोडामा राख्नेबित्तिकै आफ्नो खल्तीमा हालिहाल्नुहुन्थ्यो।
    'छोरालाई के को पैसा!' बा हात हल्लाउँदै भन्नुहुन्थ्यो।
    'बालख छ दिनुस् न!' आमालाई मेरो माया लाग्थ्यो।
    अनि बा खल्तीबाट निकालेर पैसा दिनुहुन्थ्यो तर आधामात्र। म कालो अनुहार लाउँथे। हामीलाई टीका लगाएर बा पण्डितकोमा टीका थाप्न जानेबित्तिकै विम्ली मलाई आफूले पाएको पैसाको आधा दि'हाल्थी।
    यति माया गर्ने दिदीका लागि बासँग पाइन्ट त के म जेको पनि कुरा गर्न सक्थेँ।
    बा साँझ अफिसबाट आउनुभयो। कोट फुकालेर भित्ताको काँटीमा झुन्ड्याउनुभयो। लुगा फेर्नुभो। हाफ पाइन्ट र सेन्डोगन्जी। कल जानुभयो, हातगोडा मुख धोएर आउनुभयो। दलानको कुर्सीमा बस्नुभो। यतिखेरसम्म आमाले बाका लागि कागती पानी र तौलिया ल्याउनुभयो। मुख पुछिसकेपछि बाले कागती पानी एकै घुट्कोमा स्वाट्ट पार्नुभो। अनि मलाई बोलाउनुभयो। गर्मीमा बाले अफिसबाट फर्केपछि गर्ने नियमित काम यही हो। जाडोमा बा कोठामै बस्नुहुन्थ्यो, कागती पानीको सट्टा चिया पिउनुहुन्थ्यो। हाफ पाइन्टको र गन्जीको सट्टा ट्राउजर र भेस्टमाथि स्वेटर लाउनुहुन्थ्यो। तर मलाई बोलाएर स्कुलमा आज के पढाइ भो भनेर सोध्ने कामचाहिँ जुनसुकै मौसममा पनि चल्थ्यो। स्कुल नभएको दिन घरमा के गरिस् त भनेर सोध्नुहुन्थ्यो। शनिबार त म बासँगै कहिले कसकोमा त कहिले कसकोमा जान्थेँ। घरमै भए टिभी हेर्थें, बा मलाई देश दुनियाँका समाचार बुझाउने कोसिस गर्नुहुन्थ्यो। बा घरमा हुँदा कोही न कोही आइराख्थ्यो। कहिले बाका अफिसका साथी त कहिले गाउँका मान्छे। नयाँ मान्छे आए भने बा मलाई उनीहरूसँग चिनाउनुहुन्थ्यो। चिनेका मान्छे आए मेरो पाठ्यक्रमकै कविता सुनाउन लाउनुहुन्थ्यो। बाले विम्लीलाई कहिल्यै कसैसँग चिनाउनुभएन। बाले विम्लीलाई न कतै लिएर जानुहुन्नथ्यो।
    'बा विम्ली पनि बजार जान्छे रे!' एकचोटि मैले भनेको पनि थिएँ।
    'पर्दैन,' बाले भन्नुभयो। बाको आवाज विम्लीले पनि सुनेकी थिई। त्यसपछि विम्लीले कहिल्यै बजार जाने कुरा गरिन। आमाले लान खोज्दा पनि विम्ली जान्नथी।
    बा हरेक वर्ष हाम्रो रिजल्ट भएपछि कुन विषयमा कति नम्बर आयो भनेर लिन आउनुहुन्थ्यो। तर बाको खल्तीमा आमाले लुगा धुँदा विम्लीको कुन विषयमा कति नम्बर आयो भनेर लेखेर ल्याएको चिट भेट्नुभएन। मेरोमात्र भेट्नुहुन्थ्यो र मलाई राख् भनेर दिनुहुन्थ्यो। मेरो पनि पढाइ अगतिलो थिएन। टप फाइभमा त परेकै हुन्थेँ।
    त्यो साँझ बाले कागती पानी घुट्याइसकेपछि मलाई बोलाउनुभयो।
    'कति काम गर्यौग त आज तिमीले?' बाले सोध्नुभयो।
    'आधा त सकियो,' मैले आँगनमा झार उखेलिसकेपट्टि देखाएर भनेँ।
    बा मुस्काउनुभयो।
    'बा विम्लीलाई यसपालि दसैंमा जिन्सको पाइन्ट र भेस्ट किन्दिनु रे!' मैले आफ्नो चाहलाई विम्लीको बोली बनाउन रे थपेर भनेँ।
    बाको अनुहारको मुस्कान गयो।
    'पर्दैन!' बाले यत्ति भन्नुभो। बाले जुन कुरा विम्लीका लागि 'पर्दैन' भन्नुहुन्थ्यो, त्यो कुरा उसले कसैगरे पनि पाउँदिनथी। मैले जति नै भने पनि विम्लीका लागि जिन्स पाइन्ट आएन। आकाशे रङको कुर्तासुरुवालको कपडा बा आफैंले ल्याइदिनुभयो। विम्लीको पोहोरकै कुर्ता लिएर आमाले बजारबाट सिलाएर ल्याइदिनुभो। विम्ली जान मानिन। पेट दुख्यो भनी।
    'तैंले बेकारमा भनिस्,' विम्लीले मलाई स्कुल लागेपछि एकदिन स्कुल जाँदा बाटामा भनी।
    'के?' मैले त बिर्सिसकेको थिएँ।
    'बासँग पाइन्टको कुरा!' उसले सम्भि्करा'की रहिछे।
    'मलाई कमाउन दे,' मैले आँखा चम्काउँदै भनेँ, 'जिन्सका पाइन्ट त बोराका बोरा ल्याइदिन्छु!'
    विम्ली पेट मिचीमिची हाँसी। विम्ली घरमा त्यसरी कहिल्यै हाँस्दिनथी। हाँस्दा विम्लीका आँखा उजेला देखिन्थे। मलाई आफ्नी दिदीका उजेला आँखा मन पर्थे।
    हाम्री एकजना फुपू पनि हुनुहुन्थ्यो। फुपूको जिम्मा बाको काँधमा राखेर हजुरबुवा हजुरआमा परलोक पुगिसक्नुभएको थियो। तर बालाई छाडेर गएका जिम्मेवारी फुपू आफैंले बिहे गरेर आफैं पूरा गर्नुभएको थियो। फुपाजू दनुवार हुनुहुन्थ्यो। दनुवारको पानी चल्दैन भनेर बाले फुपूलाई फिर्ता ल्याउनुभयो। पुलिस, प्रशासन लगाएर बाले कमला फुपूलाई घरमा त ल्याउनुभयो तर फुपूलाई जीवितचाहिँ राख्न सक्नुभएन। आफ्नै सलको पासो लगाएर फुपू माथिको कोठामा झुन्डिनुभएको थियो रे। फुपू नझुन्डिउन्जेलसम्म त हाम्रो दुईतलाकै घर थियो रे। पछि बाले एकतले त्यो पनि होचो घर बनाउनुभएको रे। फुपू झुन्डेकै वर्ष विम्ली जन्मिएकी रे!
    यी कुरा खासमा आमा विम्लीसँग बा घरमा नभएका बेला भान्छामा काम गर्दै गर्नुहुन्थ्यो। म घरि चिनी त घरि अलिकति मह माग्न जाँदा सुन्थेँ।
    'हाम्री फुपू कस्ती हुनुहुन्थ्यो आमा?' एकदिन विम्ली सोध्दै थिई।
    'आमा चिनी!' भन्दै म पुगेँ। आमा चुप लाग्नुभो। विम्लीले पनि केही सोधिन। म चिनी लिएर बाहिरिँदा विम्ली पनि बाल्टिन बोकेर पानी लिन बाहिर आई।
    'फुपू कस्ती हुनुहुन्थ्यो भन्नुभयो त तँलाई आमाले?' मैले पछि विम्लीलाई सोधेको थिएँ।
    'तँ खुब कान थापीथापी कुरा सुन्छस् है!' विम्लीले मलाई हकारी। बासँग फुपूको कुरा सोध्ने आँट ममा कहिल्यै आएन। पछिपछि आमाले विम्लीसँग फुपूको कुरा गरेको पनि सुनिनँ। बा तिहारमा टाढाकी नातेदारसँग टीका लगाउन जानुहुन्थ्यो।
    खासमा बा आमासँग र विम्लीसँग एकदमै कम बोल्नुहुन्थ्यो।
    'विम्ली पानी ल्या!' बाले धेरैजसो भन्ने यही नै थियो।
    'राधा खाना पस्क,' आमासँग पनि बाको यस्तैउस्तै गफमात्र म सुन्थेँ।
    म बासँग सुत्थेँ, विम्ली आमासँग! आमा पनि बासँग कमै बोल्नुहुन्थ्यो। मैलेचाहिँ बालाई जे भन्न पनि छुट पाएको थिएँ तर आफ्नो कुरा छाडेर विम्लीको कुरा गरेँ वा आमाकै लागि केही कुरा गरेँ भने बाको अनुहार कालो भइहाल्थ्यो।
    बाले त्यसपछि कि 'जाऊ पढ।' कि 'जाऊ खेल', कि 'टिभी हेर' कि 'जाऊ सुत' भन्नुहुन्थ्यो।
    विम्लीले एसएलसी फर्स्ट डिभिजनमा पास गरी। स्कुलकै इतिहासमा विम्ली पहिलो केटी भई जसले फर्स्ट डिभिजन ल्याएकी थिई। विम्ली सबकी हाइहाइ भई। बा अफिसबाट फर्केको साँझ गाउँ हाम्रै घरमा थियो भन्दा पनि हुन्छ। सबले बालाई बधाई दिइरहेका थिए। बा बल गरेर मुस्कुराउँदै हुनुहुन्थ्यो। आमाको ज्यानमा भने खूब फुर्ति थियो। आउने जति सबलाई सर्वत पानी खुवाइराख्नु भा'कोथ्यो। मेरो त झन् खुट्टा भुइँमा थिएन।
    'विम्ली अब तँ के पढ्छेस्?' मैले चम्किँदै सोधेँ।
    'बाले के भन्नुहुन्छ!' उसले फिस्स गर्दै भनी, 'त्यही!'
    'तेरो मनमा के छ त्यो त भन्!'
    'केही छैन,' उसले भनी, 'मेरो मनमा त त्यही नै आउँछ जुन बाको मनमा आउँछ।'
    'त्यस्तो पनि हुन सक्छ र!' मैले अचम्म मान्दै सोधँे।
    'हुन्छ नि!' उसले यतिमात्र भनी।
    तर मलाई सधैं अचम्म लागिरह्योकसरी विम्लीको मनमा बाको मनमा जे कुरा आउँछ, त्यही आउँथ्यो भनेर। मेरो मनमा त कहिल्यै आएन। बाले मेरा लागि कालो भेस्ट छान्दा म हरियो छान्थेँ। बाले मेरा लागि नीलो पेन दिँदा मलाई कालो चाहिन्थ्यो। बाले मलाई सादा जिस्ता दिँदा मलाई डाडी भाकै जिस्ता चाहिन्थ्यो। विम्लीको कुराले मेरो दिमाग रन्थनायो।
    'तैले गफ दिइस्,' मैले भनेँ पनि।
    उसले केही भनिन, मुस्कुराएर टारी।
    बाले उसका लागि नर्सिङ पढाउने निर्णय गर्नुभो। विम्ली पढ्न धरान जाने भई। विम्लीलाई गाडी चढाउन आमा र म गएका थियौं। गाडी चढ्ने बेला मैले उसलाई एउटा प्लास्टिकको पहेँलो झोला दिएँ।
    'के हो?' उसले नहेरी सोधी।
    'अहिले एउटा किन्ने पैसामात्र जम्मा पार्न सकेँ, बोराका बोराचाहिँ कमाएरै दिउँ्कला!' मैले ङिच्च गर्दै भनेँ, 'त्यही हो क्या, जिन्सको पाइन्ट!'
    विम्ली त ठाउँको ठाउँ जमेजस्तो भई। गाडीवालाले उसको झिटीगुन्टा गाडीमा हालिसकेको थियो। ऊ भने हलचल गर्दिन।
    'विम्ली गाडी चढ्,' आमाले उसलाई झक्झकाउनुभयो।
    'अँ!' उसको मुखबाट यत्ति निस्कियो।
    विम्ली यति अवाक भई कि बाई पनि नभनी गई।
    पछि दसैंको छुट्टीमा आउँदा विम्लीलाई सोधेको थिएँ, 'पाइन्ट लाइस्?'
    ऊ मन्द मुस्काई, 'बजार जाँदा दुईचोटि लाएँ।'
    'मन पर्योा?' मैले आँखीभौं उचालेर सोधेँ।
    'अत्ति,' उसको अनुहार चम्कियो।
    विम्लीको नर्सिङ अन्तिम वर्षमा हुँदा मैले पनि एसएलसी पास गरेँ। मेरो पहिलेदेखिको रहर काठमाडौं पढ्ने थियो। मलाई लागेको थियोबाको मनमा पनि मेरो लागि केही होला।
    'बा म के पढूँ?' रिजल्ट आएको रात मैले सोधेँ।
    'कस्तो लठुवा भाको तिमी!' बाले हाँसेर भन्नुभो, 'आफ्नो लागि सोच्नुपर्दैन?'
    'विम्लीका लागि तपाईंले सोचेर राख्नुभएको थियो,' मैले वाल्ल परेर भनेँ, 'मेरो लागि पनि होला भनेर म त ढुक्क थिएँ!'
    बाले विम्लीको कुरा गरेपछि एकछिन केही भन्नुभएन। अनि पछि बाउछोरा मिलेर काठमाडौंमा बाको साथीको छोरा पढेको प्लसटुमा साइन्स पढ्ने तय भयो।
    'विम्ली म त काठमाडौं जाने भएँ नि!' मैले विम्लीलाई धरानै गएर सुनाएँ।
    'गज्जब!' ऊ खुसी भई।
    'तर अब तँलाई केही चाहियो भने बालाई कसले भनिदिन्छ?' मेरो चिन्ता पोखेँ, 'विम्ली तँ बोल् न हौ!'
    'अब म कमाउन थालिहाल्छु,' उसले भनी, 'खासै अब बासँग केही माग्नुपर्दैन! तँ नभए आमा जिन्दावाद नि!'
    'है!' म हाँसे, 'तँ जसरी नि काम चलाइहाल्छेस् नि!'
    'विमल एउटा कुरा भन्नुछ तँलाई,' ऊ अलि गम्भीर भई।
    'तेरो लव पर्योा?' मचाहिँ जिस्की नै रहेको थियो।
    'अँ!' ऊ तर्सिई, 'कसरी थाहा पाइस्?'
    मैले कहाँ थाहा पाउनु! म त खालि उसलाई जिस्काउन चाहन्थेँ। खासमा मलाई त शंकासम्म नि लागेको थिएन। मलाई त लागेको थियो, बिएन गर्न ऊ पनि काठमाडौं जान चाहन्छे। त्यही कुरा बालाई मैले भन्दिन्थेँ कि भन्ने उसको कुरा होलाजस्तो लागेको थियो।
    मेरो हुनेवाला भिनाजु धरानकै राई रैछन्। उनका बाले ब्रिटिस लाहुरेमा पठाउन खोज्दा घरै छाडेर दिदीकै कलेज छेउ डेरा गरेर बसेका रैछन्। धरानकै सरकारी कलेजमा विकम गर्दै र'छन्। कलेज आउँदाजाँदा दिदीसँग कुरा भएछ। दिदीले आफ्नो मन दिएर उनको पनि मन लि'छ।
    'भेट्छस्?' उसले सोधी।
    नभेट्ने त कुरै थिएन।
    धरानको तरकारी बजारभित्रको मोमो पसलमा हाम्रो भेट भयो। थेप्चो नाक, चिम्सा आँखा, गोरो छाला, सिलिक्क परेको कपाल र ठिकैको उचाइ उनलाई मैले आँखा जुधाएर हेर्न सकिनँ। उनको नजर विम्लीतिर भाको बेला उनलाई चोर आँखाले हेरेँ। नीलो चेक भा'को उनको सर्टको खल्तीमा स्टारलाइन डटपेन थियो। खैरो पाइन्ट र फिस चप्पल लगाएका थिए। उनको हातमा एउटा घडी थियो। उनले मेरो पढाइको कुरा सोधे। 'राम्रो पढ्नु है' भने। मैले खासै केही सोधिनँ।
    'बाले ज्यान गए नि मान्नुहुन्न!' मेरो मनमा त यहीमात्र थियो।
    उनी छुटेपछि विम्लीले सोधी, 'कस्तो लाग्यो?'
    'तँलाई मन परेपछि मलाई मन पर्दैन त!' मैले उसलाई फुर्क्याएँ।
    नर्सिङ सकेर धरानकै हस्पिटलमा विम्लीले जागिर पाएपछि घरमा उसको बिहेको कुरा सुरु भयो। बाले मलाई काठमाडौंमा फोन गरेर विभिन्न केटाको कुरा सुनाइराख्नुभयो। म भने 'राईजीको खबर के छ?' भनेर विम्लीलाई जिस्काइरहेको थिएँ।
    'तँ आइज, एउटा सरकारी वकिल छ विम्लीको लागि ठिक छ,' बाले फोन गर्नुभयो।
    'बा विम्ली के भन्छे?' मैले सोधेँ।
    'पहिला तँ आइज हेर्,' बाले भन्नुभयो, 'अनिमात्र विम्लीलाई देखाऊँला!'
    'विम्लीलाई सोध्नुभो त?'
    'मैले भनेँ नि, विम्लीको लागि ठिक छ,' बाले कुरा टुंग्याउनुभो, 'तँ आइज!'
    म गइनँ। कलेजमा इन्टरनल एक्जाम भइरहेकाले म आउन सक्दिनँ भनेर बाको कुरा टारिदिएँ। तर म सिधै धरान हान्निएँ र विम्लीलाई सबै कुरा भन्दिएँ।
    'मंगलले जागिर पाएकै छैनन्,' उसले भनी, 'एक वर्ष त बिहे गर्ने विचार छैन!'
    'तेरो बिहे मंगलसँग हैन हौ,' उसलाई बुझाएँ, 'सरकारी वकिलसँग गर्दिने रे! बुझिनस् कुरा!'
    'बुझे हौ!' उसले भनी, 'बालाई भन्दे न विम्ली एक वर्ष बिहे गर्दिनँ भनेर !'
    मैले सधैं विम्लीको कुरा बासम्म पुर्या।एकै हो। यो कुरा पुर्यामउन पनि मलाई गाह्रो थिएन। फेरि मेरो उमेर बढ्दै जाँदा बा मेरो कुरा अलि बढी सुन्न थाल्नुभएको थियो। मलाई थाहा थियो, यसपालि पनि बाले मेरो कुरा सुन्नुहुन्थ्यो। तर मलाई यसपटक विम्ली र बाबीचको सेतु बन्न मन लागेन।
    'तँ आफै भन्,' मैले झर्केरै भने, 'मैले तेरो ऋण खाएको छु, सधैंसधैं भन्दिनलाई!'
    'एकचोटिलाई त भन्दे,' उसले बिन्ती गरी।
    'लास्ट,' मैले बाचा बधाएँ।
    'लास्ट,' उसले बाचा बाँधी।
    बालाई 'विम्लीले भर्खर काम सुरु गरेकी छे, एक वर्ष काम गर्छु भन्दैछे' भनेर काठमाडौं पुगेपछि फोन गरेर भनँे।
    'बिहेपछि पनि काम गर्न दिन्छु भनेका छन्,' बाले मान्नुभएको थिएन।
    'एक वर्ष कुरुन् त उसो भए,' मैले नि भनिदिएँ, 'विम्ली नै चाहिएको भए!'
    अनि बा चुप लाग्नुभयो। म बीचबीचमा विम्लीलाई फोन गरेर राईजीको कुरा बालाई भन् भनेर भनिरहेको थिएँ। ऊ 'भन्छु, भन्छु' भनिरहेकी थिई।
    बाले ट्याक्कै एक वर्ष कुर्नुभो। मेरो बाह्रको जाँच सकेर घर आको बेला बाले फेरि विम्लीको बिहेको कुरा गर्नुभो।
    'त्यही वकिल?' मैले सोधेँ।
    'हैन,' बाले भन्नुभयो, 'विद्युत प्राधिकरणमा अधिकृत छ।'
    धरान गएर मैले विम्लीलाई लिएर आएँ। विम्ली काँपिरहेकी थिई। बाचा बँधाएकाले मात्रै उसले मलाई केही भन्न सकेकी थिइन। बाको कोठामा मैले उसलाई नधकेलुन्जेल ऊ औंला पड्काएर बसी। मलाई हेर्छे, उसका आँखा कम्ता मायालाग्दा भएका थिएनन्। तर म पग्लिइनँ।
    'बा तपार्इंसित विम्लीले कुरा गर्ने रे,' यति त भन्न लगाईकन छाडी।
    बा टिभी हेर्दै हुनुहुन्थ्यो। बाले जवाफमा के भन्नुभो, सुन्दै नसुनी म विम्लीको कोठामा आइहालँे।
    'जा अब,' मैले उसलाई बाको कोठासम्मै पुग्ने गरी धकेलेँ।
    विम्ली कोठामा पस्दा पनि बा टिभी नै हेर्दै हुनुहुन्थ्यो। म ढोकाको छेउमै बाले नदेखिने गरी छलिएर बसेँ। आमा भान्छामा हुनुहुन्थ्यो। भान्छा तयार भो भनेर बालाई सुनाउन आउँदा मलाई त्यसरी उभिएको देखेर आमा छक्क पर्नुभो। केही भन्न मुख खोल्न लाग्दै हुनुहुन्थ्यो, मैले हतारहतार आफ्नो मुखमा चोर औंला लगेर उहाँलाई चुप लाग्ने इसारा गरेँ।
    'बा'' विम्लीले सुस्त स्वरमा भनेको सुनेँ।
    'अँ भन्,' बाको स्वर पनि सुनेँ। सायद बाले विम्लीको अनुहारतिर पनि हेर्नुभएन। टिभीमा समाचार आइरहेकाले बालाई केही छुट्ला कि भन्ने थियो।
    विम्लीको आवाज आउँदैन त! नेपाल टेलिभिजनमा समिता राणाको आवाज नै आइरहेको थियो।
    विम्ली पक्कै हात मोलेर बसिरहेकी होली भन्ने लाग्यो। आमा मतिर हेरेर आँखीभौं सन्काएर इसारामै 'के भो?' भन्नुहुन्छ, म भने उहाँलाई चुप लाग्ने इसारा गरिरहेको छु। एकछिनसम्म पनि विम्ली नबोल्दा आफ्नो मुटु उफ्रेर बाहिर नै आउला जस्तो भा'कोथ्यो। भित्र छिरेर सबै कुरा आफंै भन्दिऊँ जस्तो पनि लागेको थियो। तर गइनँ। दिक्क लाग्यो र भुइँमा थुचुक्क बसेँ।
    'बा टिभी बन्द गर्नूस् न,' विम्लीको आवाजले म जुरुक्कै उठेँ।
    'के हो भन्,' बाले किन टिभी बन्द गर्नुहुन्थ्यो।
    'बा मेरो कुरा सुन्न तपाईंले मतिर हेर्नु पनि पर्छ,' विम्लीको चर्को स्वर सुनेर आमाका आँखा पनि तन्किए।
    बाका पनि आँखा तन्किएजस्ता छन्। टिभी बन्द भो।
    'बा, तपार्इंलाई थाहा छ मलाई के खान मन पर्छ?' विम्लीले सोधी।
    के सोधेकी विम्लीले? म भननन भएँ। बाको कुनै उत्तर आएन।
    'बा मलाई हाजमोला क्यान्डी मन पर्दैन, मलाई त अरेन्ज बल मनपर्थ्यो', विम्ली बोल्दै गई, 'तर विमललाई हाजमोला क्यान्डी मन पर्छ भनेर तपाईंले क्यान्डी ल्याइदिनुहुन्थ्यो, मैले त्यही मन पराउन सिकेँ!'
    बाको आवाज अझै आएन।
    'बा मेरो मन पर्ने रङ रातो हो,' उसले भनी, 'तर तपार्इंले मलाई कहिले आकाशे, कहिले खैरो, कहिले कालो लुगा ल्याइदिनुभो, मैले त्यो पनि मन पराएँ।'
    'बा मलाई पनि स्कुलमा पाएका स्याब्बासीहरू सुनाउन मन थियो तर तपाईंले सोध्नुभएन। बा तपार्इंको सर्टको खल्तीमा आमाले कहिल्यै मेरो जाँचको नम्बर टिपेको चिट फेला पार्नुभएन, बा तपाईंले मलाई विमलाबाट विम्ली बनाउनुभयो, मैले केही भनिनँ,' विम्लीको स्वर शान्त थियो।
    अघिसम्म उफ्रिएको मेरो मुटु शान्त भयो। आमाका आँखा पनि पहिलेकै साइजमा आए।
    'बा तपार्इंले मलाई कहिल्यै केही सोध्नुभएन। तपार्इंले जे भन्नुभयो, मैले खुरुखुरु गरँे। विमलले जेजे कुरा तपाईंसम्म ल्यायो, तपाईंले त्यसमा कुनैलाई हुन्छ भन्नुभयो, कुनैलाई हुन्न। मैले यो किन हुन्न बा भनेर कहिल्यै सोधिनँ!' विम्ली बोलिरहेकी थिई।
    'त के भयो?' बा चुप लागेर बसिरहन सक्नुभएन।
    'बा तपार्इंले सोध्नुहुन्न भन्ने मलाई थाहा छ, तर म तपाईंलाई थाहा दिन चाहन्छु। मैले आफ्नो लागि आफैं जीवनसाथी रोजेको छु। राई हो। आफ्नो खुट्टामा उभिएको छ। मेरो ऊसँग सबथोक मिल्छ,' विम्लीले दह्रो भएर भनी, 'बा अब विमललाई कति दुख दिऊँ! त्यसैले आफैं भनेको! अनि फेरि बा अब तपाईंलाई मन परेको कुरा मन पराउनलाई मसँग न त ताकत छ, न मन नै।'
    मलाई त लागेको थियो, बाले विम्लीको गाला चड्काउनुहोला। तर त्यस्तो आवाज आएन। विम्ली त्यति भनेर बाहिर आई। सबै कुरा सुनिसकेकाले बाले के भन्नुभयो मैले सोधिनँ। आमाले खाना पस्कनुभयो। बाले आफ्नै कोठामा खानुभयो। म, विम्ली र आमाले भान्छामै खायौं।
    बिहान बा दलानको कुर्सीमा बस्नुभयो। आमाले छेउमा चिया राखिदिनुभएको थियो।
    'बा आज केटाहरू विम्लीलाई हेर्न आउने भनेको होइन?' मैले बालाई सोधँे। बालाई विम्लीको कुराले असर गरेजस्तो लागेन। त्यसैले आफैंले दबाब दिने विचार गरेको थिएँ।
    'दिदी हो तिम्रो,' बाले हप्काउनुभयो, 'विमला दिदी भन।'
    अनि बा चिया पिउन थाल्नुभयो।


    साभार : नागरिक न्यूज़ http://nagariknews.com/nagarik-sanibar/story/16436.html

    एउटा गुमेको देशको कथा

    एउटा गुमेको देशको कथा
                                                                                                          
    अपि्रल १९७३ को मध्याह्न लन्च खाँदै थिएँ विदेश सचिव केवल सिंहको फोन आयो उनले मलाई तुरुन्त आउन भने हतारहतार फरेन अफिस पुगें उनले बडो हार्दिकतापूर्वक मेरो स्वागत गरेर भने, 'तपाईंलाई तुरुन्तै सिक्किम सरकारको जिम्मेवारीमा पठाइँदै सिक्किम प्रशासन 'कोल्याप्स' भएको चोग्याल -सिक्किमका राजा) ले हाम्रो सहयोग खोजेका छन् त्यहाँका जनता प्रजातान्त्रिक प्रणालीको माग गर्दै सडकमा उत्रेका छन् तपाईं जतिसक्दो चाँडो पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ त्यहाँको स्थिति फेरि सामान्य बनाउनुपर्नेछ जनताको मागलाई ध्यानमा राखेर राजनीतिक समाधान खोज्नुपर्नेछ यो अलि कठिन 'असाइनमेन्ट' हो तपाईं त्यो अवस्था सम्हाल्न सक्नुहुन्छ तपाईंको कूटनीतिक क्षमतामाथि हामीलाई विश्वास '

    चिनियाँ प्रतिक्रियाबारे उनले मलाई सचेत हुन पनि भने भारतीय सेना सतर्क अवस्थामा थियो उनले सफलताका लागि मलाई शुभकामना दिए विदेश मन्त्रालयमा एक दिनको बि्रफिङपछि अपि्रलमा ग्यान्टोक पुगें मेरो नियुक्तिलाई रेडियो अखबारहरूले प्रमुख समाचार बनाइसकेका थिए समाचारमा उनीहरूले 'सिक्किमलाई भारतले लिएको' उल्लेख गरेका थिए

    सिलिगुडीबाट एयर फोर्सको हेलिकप्टर चढेर ग्यान्टोक पुगें हेलिप्याडको दुवैतर्फ चोग्यालविरोधी प्रदर्शनकारी थिए, जसको नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए भारतको राजनीतिक कार्यालयका सुधीर देभारे, सिक्किमका मुख्यसचिव, प्रहरी कमिस्नर भारतीय सेनाका प्रतिनिधि सबैले मेरो स्वागत गरे समारोह नै गरी मलाई ड्यासमा बसाइयो पहिले देवानहरू बस्ने घरमा मेरो बसोबासको प्रबन्ध गरिएको थियो त्यहाँसम्म हिँडेरै गएँ त्यो लामो थकाइ लाग्ने हिँडाइ थियो तर, त्यो अनेकन रहस्यहरूले भरिएको रोमाञ्चकारी अनुभव पनि थियो मेरो लामो करियरमा यसरी स्वागत पाएको यो नै पहिलो अवसर थियो

    अर्को दिन मैले चोग्यालसँग भेट्न समय मागें उनका सचिवले मलाई जानकारी गराए कि उनले आफ्ना ज्योतिषसँग परामर्श गरेपछि शुभअवसर पारेर भेट्नेछन् भारतीय प्रधानमन्त्रीले सिक्किम सरकार चलाउन मलाई प्रतिनिधिका रूपमा खटाएको भए पनि चोग्याल त्यहाँका शासक थिए संविधानतः उनका लागि नियुक्त भएको व्यक्ति थिएँ उनले अर्को दिन मलाई भेटे, जुन दिन उनका ज्योतिषले शुभदिन ठहर्याएका थिए

    हाम्रो भेटघाट अप्ठ्यारो रूखो खालको थियो कूटनीतिक स्कार्फ आदानप्रदानको सामान्य औपचारिकतापछि चोग्यालले भने, 'मिस्टर दास, कृपया नोट गर्नुहोस्- सिक्किम गोवा होइन, जहाँ तपाईं प्रशासक बन्न आउनुभएको हामी स्वतन्त्र छौं, तपाईंको सेवा मेरो सरकारलाई सहयोग गर्न लिइएको हो यसमा कुनै असमझदारी नहोस् '

    त्यसपछि उनले दिल्लीले आफूलाई कसरी खराब व्यवहार गर्यो कसरी आफूप्रति अन्याय गरियो भनी गाली गर्न सुरु गरे काजी लेन्डुप दोर्जीका मानिस कसरी सिक्किमको परिचय ध्वस्त गर्न गुन्डागर्दीमा उत्रिए भनी उनले असन्तुष्टि व्यक्त गरे उनले मलाई दिल्लीलाई यो बताउन भने कि, 'दिल्लीको असली मित्र सडकमा आतंक हिंसा मच्चाउँदै हिँड्ने गुन्डाहरू होइनन्, ममात्र हुँ ' भारतीय सेनाका मानार्थ मेजर जनरल भए पनि यही सेनाले अनादर गर्दा उनी हैरान भएका थिए भारतीय सेनाले सबै प्रहरी चौकीहरू नियन्त्रणमा लिएको थियो ' यो अपमानका लागि भारतीय सेनालाई कहिल्यै माफ गर्न सक्दिनँ,' उनले भने

    अन्ततः उनले यो पनि भने, उनी 'प्रशासक' को मेरो पद स्विकार्न सक्दैनन् मैले कूटनीतिक भाषामा भनें- सायद 'प्रमुख कार्यकारी' भनेर यसको नाम फेर्न सकिएला चतुर व्यक्ति भए पनि उनले यसमा सूक्ष्म अन्तर बुझेनन् 'प्रमुख कार्यकारी'ले स्वतः सरकार प्रमुखको पद जनाउँछ, जसले सबै कार्यकारी शक्ति आफूसँग राखेको हुन्छ यो कुरा विचार नगरेरै उनी यसमा राजी भए , मैले यसमा विदेश सचिवको सहमति पाएँ यसरी प्रशासकको नियुक्ति लिएर गएको सिक्किमको प्रमुख कार्यकारी भएँ, यसअघि चोग्यालले शासकका रूपमा प्रयोग गरेका सबै शक्तिका साथ सरकारको नेतृत्व गर्न पुगें न्यायिक शक्तिचाहिँ अझै उनीसँगै थियो, आखिरमा सिक्किमको उच्च न्यायालयपछि अपिल सुन्ने उनी नै थिए

    चोग्याललाई भेटेर निस्केपछि सिधै शंकर बाजपेयीलाई भेट्न इन्डिया हाउस गएँ बेलायती शासकहरूले २० औं शताब्दीको सुरुतिर बनाएको यो भवन बेलायती शक्तिको प्रतीकजस्तो थियो, जहाँ भुटान सिक्किम हेर्ने गरी सर क्लाउडे ह्वाइट सन् १९०४ मा पहिलो राजनीतिक अफिसरका रूपमा बसेका थिए त्यहाँ पिउन बस्दा हामीले स्वतन्त्रता प्राप्तिपछिको सरकारले गरेका गल्तीहरू सच्याउन सक्छौं भन्ने थोरै अनुभव गर्यौं

    मैले केवल सिंहबाट प्राप्त गरेको निर्देशन के थियो भन्नेबारे शंकर जान्न चाहन्थे मैले सानो डायरीमा केही प्रमुख बुँदाहरू टिपेको थिएँ यी कुनै पनि बुँदाहरूले अन्तिम उद्देश्यको संकेत दिएका थिएनन् इन्दिरा गान्धीको विशेषता के थियो भने, साधारणतया उनी स्वयं कुनै राजनीतिक प्रतिबद्धतामा बाँधिन चाहन्नथिन् उनको दृष्टिकोणसँग मिल्ने के निष्कर्ष निकाल्ने भन्ने काम उनी आफ्ना निकट सल्लाहकारलाई छाड्थिन् -इन्दिराको) एउटा निर्देशनमा शंकर मुस्कुरायौं, 'सिक्किमेली जनताको आकांक्षाको हामीले समर्थन गर्नैपर्छ चोग्याललाई उनीहरूको शोषण गर्न दिनु हुँदैन '

    वास्तवमा भविष्यमा गरिने सबै योजना बनाउने मुख्य निर्देशन यही थियो श्रीमती गान्धीको सोचाइसँग मिल्ने उत्तर पनि यसैले दिन्थ्यो 'विलय' भन्ने शब्द कहीं कतै उल्लेख गरिएको थिएन पर्दापछाडि बसेर हामीलाई नियन्त्रण गर्ने केवल सिंहले पनि यो शब्द कहिल्यै उच्चारण गरेनन् तर शंकर मलाई नभनिएका यी कुराहरू थाहा थियो यसले हामीलाई एकताका लागि सक्षम बनायो हामीले त्यही प्राप्त गर्यौं, जुन हामीले प्राप्त गर्नु थियो

    चीन पाकिस्तानको द्वैषपूर्ण हमला दिल्लीमाथि भयो अमेरिकालगायत पश्चिमा देशहरूले पनि गम्भीर आलोचना गरे, जसले हामीमाथि ठूलो दबाब उत्पन्न गर्यो रुसी महासंघले संयम अपनाउन आग्रह गरेको थियो, बाँकी सबैले भारत साम्राज्यवादी भएको भन्दै प्रहार गरेका थिए सिक्किमसँग जोडिएको भुटान सिक्किमलाई मन पराउँदैनथ्यो यो सब हँुदा चुपचाप थियो तर पनि उसलाई लागेको थियो कि भुटानलाई अलग पारिएको ७५ प्रतिशत सिक्किमेली नेपाली मूलका थिए तर नेपालचाहिं भारतको सबभन्दा ठूलो आलोचक थियो

    तिब्बत हँुदै आएका चिनियाँहरू नाथुला सीमाको दायाँतर्फ तैनाथ थिए नाथुला कुनै बेला भित्री तिब्बतमा बेलायती राजनीतिक आर्थिक प्रभुत्व जमाउने मुख्य नाका थियो ऐतिहासिक प्रमाणका आधारमा सिक्किमले तिब्बतमा परेका दुई भूभागमाथि दाबी गरेको थियो त्यो चीनले ओगटेको थियो पूरै सिक्किम नै चिनियाँ साम्राज्यको एउटा भाग हो भन्ने चीनको दाबी थियो सिक्किम सरकारको पतनपछि भारतको राजनीतिक उपस्थिति बढेकोप्रति चीनले चासो राखेको थियो आफूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया त्यति साह्रो आलोचनात्मक होला भनेर भारतले पहिले सोचेको थिएन

    मुख्य मुद्दाहरू चाँडो सुल्भिmयोस् भन्ने भारत चाहन्थ्यो जस्तो कि, एक व्यक्ति एक मतका आधारमा ताजा निर्वाचन विपक्षीको यस्तो मागप्रति चोग्याल अति असहिष्णु थिए ७५ प्रतिशत नेपाली मतदाता भएको ठाउँमा चुनाव भयो भने आफ्नो नेतृत्वको भुटिया शासनको अन्त्य हुन्छ आफूले सबै शक्ति गुमाउँछु भन्ने उनलाई थाहा थियो

    सिक्किमको अवस्था सामान्य बनाउन, कुनै खास घटनाबिनै यसको प्रशासन चलाउन, अदालतमाथि नियन्त्रण गरिराखेका चोग्याल समर्थकबाट कर्मचारीतन्त्रलाई छुट्कारा दिलाउन दिल्लीले मलाई निर्देशन दिएको थियो चोग्यालकी अमेरिकी श्रीमती होप कुकको अमेरिकासँग निकट सम्बन्ध थियो, जसले एक सम्प्रभु स्वतन्त्र देशकी रानीको दाबीलाई समर्थन गर्दै आएको थियो प्रशासनलाई पुनः सामान्य अवस्थामा ल्याउन सबै कार्यालयहरूलाई चुस्त बनाउन मलाई खासै समय लागेन प्रहरीहरू ड्युटीमा फर्के चोग्याल निर्वाचन गराउन राजी भए पनि एक व्यक्ति एक मतको कुरामा भने मैले उनलाई मनाउन सकिनँ भारतीय प्रतिनिधिका रूपमा राजनीतिक अधिकारी उनको प्रमुख कार्यकारीका हिसाबले हामीले बदलिएको यो समयमा सम्झौतामा आउन उनलाई सुझायौं अन्ततः मे १९७३ मा चोग्याल काजी लेन्डुप दोर्जीबीच सम्झौता भयो चोग्यालको वंश जारी राख्ने अन्य सबै जातिलाई न्याय दिने भारतले सुनिश्चितता दियो मैले काम थालेको एक महिनामा भएको यो सम्झौताले चोग्यालको भाग्य निर्धारण गर्यो

    वरिष्ठ आईएएस अधिकारी आरएन सेन गुप्तालाई निर्वाचन आयुक्त बनाइयो उनी मेरा तीनजना डेपुटीहरू केएम लाल, डी मानवलन जेएन सन्याल बसेर मतदाता सूची संशोधन गरे निर्वाचनको मिति घोषणा भयो कर्मचारीतन्त्रको शीर्षतहका अधिकांश चोग्यालका बफादार मानिस हुन् भन्ने थाहा पाएर पनि मैले तिनलाई नचलाउने निर्णय गरें दरबारका मुख्य सबै खेलाडीलाई हटाउन दिल्लीको ठूलो दबाब थियो मैले यो मुद्दालाई खासै ठूलो रूपमा लिइनँ केवललाई आश्वस्त बनाए कि ती सबैलाई सफलतापूर्वक सम्हाल्न सक्छु सिक्किमेलीको मनोविज्ञान बुझेकोले मैले त्यसो भन्न सकेको थिएँ मैले चोग्यालका सुरक्षा प्रमुख कर्मा तोप्देनलाई समेत जोगाइदिएँ उनलाई कोलकाताको सिक्किम टे्रडिङ कर्पोरेसनमा पठाइदिएँ पछि उनी मंगोलियाका लागि भारतीय राजदूतसम्म भए

    मेको सम्झौता लागू भएपछि धेरै कुराहरू व्यवस्थित गर्न थालेपछि अन्तर्राष्ट्रिय आलोचना मत्थर भएर गयो रानी भएर बस्ने महत्त्वाकांक्षा पालेकी होप कुकले पनि महसुस गरिन् कि उनी चोग्यालकी श्रीमतीभन्दा बढी केही थिइनन् उनले सिक्किम छोड्ने निर्णय गरिन् चोग्यालले यस्तो कठिन समयमा उनको साथ आवश्यक भएको भन्दै उनलाई मनाउन खोजे, तर उनले मानिनन् १४ अगस्त १९७३ मा उनी गइन् उनका अन्तिम शब्दहरू थिए, 'मिस्टर दास, कृपया मेरो श्रीमान्को हेरविचार गरिदिनुहोस् निर्वाह गर्न मसँग अब कुनै भूमिका छैन '

    होप कुक धेरैका लागि एउटा पहेली थिइन् केही उनलाई सीआईए एजेन्ट भन्थे सत्य के थियो कसैलाई थाहा थिएन तर चोग्यालको भारतविरोधी छवि निर्माण गर्नमा उनी प्रमुख थिइन् उनले स्कुलका पाठ्यपुस्तक परिवर्तन गरी कथा कार्टुनका माध्यमबाट भारतविरोधी रूप देखाइन् केही ब्युरोक्र्याट्स युवाहरूलाई संगठित गरिन् तिनले विदेशबाट आउनेहरूलाई सम्पर्क गर्थे सिक्किम स्वतन्त्र देश हो भारतले यसको परिचय समाप्त पारिरहेको भनेर प्रचार गर्थे उनी विदेशीहरूसँग भारतको मजाक उडाउँथिन् उनी भारतविरोधी तत्त्वहरूको सम्पर्कमा थिइन् भनेर आशंका गरिएको थियो नरम मिजासकी शाही दुलही रिसका बेला जसलाई पनि जे पनि भन्न सक्ने उनको दुइटा रूप थिए चोग्यालको धेरै पिउने बानीले उनलाई क्रुद्ध बनाउँथ्यो ती दुईको झगडा परिवार नजिकका साथीभाइका लागि नौलो थिएन तर भारतले सिक्किममाथि हस्तक्षेप गरेर लिएपछि उनले लडाइँ हारेको अनुभव गरिन् बुद्धिमत्तापूर्वक सिक्किम छाडिन्

    एक व्यक्ति एक मतको सिद्धान्तमा आधारित भएर ताजा निर्वाचनको तयारी सुरु भयो यही कुरालाई ध्यानमा राखेर मतदाता नामावली फाइनल भयो चुनावअघि चोग्याल दक्षिण सिक्किमको भ्रमणमा जान चाहेका थिए, जहाँ नेपाली मूलका बासिन्दाको बाहुल्य थियो त्यो क्षेत्रको वातावरण उनका लागि बडो प्रतिकूल थियो मैले उनलाई यस्तो भ्रमणमा नजान सुझाएको थिएँ तर उनले मानेनन् उनले मलाई पनि सँगै लैजान चाहे उनी देखाउन चाहन्थे कि शासक उनी हुन् दिल्लीको प्रतीक हुँ, उनको प्रमुख कार्यकारी, जो उनको अधीनमा

    गुम्बाहरूको प्रमुखसमेत भएका नाताले उनले त्यो क्षेत्रका गुम्बाहरूबाट भ्रमण सुरु गरे पहिलेका भ्रमणहरूमा लामाहरू सडकमा उनको स्वागतार्थ लाइन लागेर उभिएका हुन्थे यसपटक ती अनुपस्थित थिए छुट्टै पूजाको समारोह आयोजना गर्दा उनले थाहा पाए कि गुम्बामै उनले पकड गुमाइसकेका छन् यो ठूलो झट्का थियो तर यसभन्दा पनि खराब अझै हुन बाँकी थियो उनले आफूविरुद्ध अपमानजनक नाराहरू सुने, आफ्ना तस्बिरमा जुत्ताका माला लगाइदिएका देखे भीडले आफूलाई धम्क्याएको सुने एउटा शासकका रूपमा उनले आफ्नो चमक गुमाएका थिए उनका आँखामा आँसु भरियो मेरो हात समातेर उनले भने, 'आफ्ना जनताका लागि मैले धेरै गरें अहिले यसरी मेरो अपमान गरिँदै किन ?'

    मसँग जवाफ थिएन कुल जनसंख्याको जम्मा १४ प्रतिशत भुटियाहरू थिए तर कृत्रिम तरिकाले बनाइएको समानुपातिक प्रतिनिधित्वको आडमा शक्तिको दुरुपयोग भएको थियो आफैंले गहिरो दुःख अनुभव गरें शान्ति कल्पनातीत सुन्दरताले भरिपूर्ण एउटा सानो हिमाली अधिराज्य षड्यन्त्र शोषणको केन्द्र बनेको थियो

    कुनै पनि हिंसा अथवा समस्याबिना निर्वाचन सम्पन्न भयो चोग्यालले समर्थन गरेको नेसनलिस्ट पार्टीले ३२ मध्ये जम्मा एक सिट जित्यो यो पार्टीमा अधिकांश भुटियाहरूमात्र थिए नवगठित संसद्का सदस्यलाई शपथग्रहणका लागि भनियो उनीहरूले चोग्यालको नाममा शपथ खान अस्वीकार गरे त्यसैले चोग्यालका ठाउँमा 'भगवान्' को नाम राखियो त्यसपछि उनीहरूले चोग्यालले संसद्मा सम्बोधन गर्ने चलनलाई पनि मानेनन् धेरै मनाएपछि उनीहरू चोग्यालको उद्घाटन भाषण मलाई पढ्न दिन राजी भए त्यो भाषणमा चोग्यालले सिक्किमको अलग राजनीतिक सांस्कृतिक परिचयको व्याख्या गरेका थिए मेको सम्झौताका आधारमा बनेको नयाँ संविधानअनुसार मैले सभामुखको नाताले संसद्को अध्यक्षतामात्र गर्नुपरेको थिएन, सिक्किमको मन्त्रिपरिषद्को अध्यक्षता पनि मैले नै गर्नुपरेको थियो त्यो परिषद्को नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए, तर नयाँ व्यवस्थाअनुसार मुख्यमन्त्री पदको व्यवस्था गरिएको थिएन त्यसो हुनाले मुख्यमन्त्रीको भूमिकामा पनि नै थिएँ

    नयाँ व्यवस्थाका निम्ति मस्यौदा गरिएको अन्तरिम संविधान एकदमै विरोधाभासपूर्ण थियो मन्त्रिपरिषद्को अध्यक्ष थिएँ, सभामुख थिएँ कार्यकारी प्रमुखसमेत थिएँ मैले चाहेमा सभासदलाई फिर्ता बोलाउन पनि सक्थें चाँडै सिक्किम कंग्रेसका केही नेताहरूले नवनिर्वाचित राष्ट्रिय संसद्का लागि मुख्यमन्त्री सभामुखको पद चाहियो भनेर कानेखुसी गर्न थाले चोग्याल समर्थक भन्न थालेका थिए कि प्रधानमन्त्रीको पद नराखे सिक्किमको अलग पहिचान हराउँछ चोग्यालविरोधी आन्दोलन सुरु हुनुअघि चोग्यालले शिडलोन -प्रधानमन्त्रीजस्तै) नियुक्त गरेका थिए वरिष्ठ आईएफएस अधिकारी आईएस चोपडाले यो पद लिएका थिए तर उनी अन्तिमसम्म बस्न सकेनन् दिल्लीले पनि उनलाई शिडलोनका रूपमा मान्यता दिन अस्वीकार गर्यो पहिलो चरणमा हारेकाले चोग्यालले नयाँ सरकारमा शक्ति पद चाहनेहरूलाई भड्काउन सक्थे यता मलाई पनि काजी लेन्डुप दोर्जीको प्रमुख भएर मन्त्रिपरिषद् अध्यक्ष बन्न अप्ठ्यारो लागिरहेथ्यो सरकारका वास्तविक नेता दोर्जी थिए

    त्यतिबेलै काजी लेन्डुप दोर्जीले भारतसँग सन् १९४७ देखि मागिएको 'घनिष्ठ राजनीतिक आर्थिक गठजोड' बिना अहिले उनको पार्टीले प्राप्त गरेको उपलब्धि गुमाउन सकिन्छ भन्ने महसुस गरे काजी आशंकित थिए साँच्चै सही पनि थिए चोग्याल नेसनलिस्ट पार्टीले सिक्किमको शासनमा साँच्चिकै कठिन समस्याहरू सिर्जना गरे त्यसपछि काजी उनका वरिष्ठ अधिकारीहरूले भारतसँग गठजोडका लागि प्रस्ताव गरे त्यसमा भारतीय राज्यले पाउने अधिकार सेवा पाउनुपर्ने उल्लेख थियो भारत सरकारले सन् १९४७ मा भएको गल्ती सुधार्दै यो लिखित अनुरोधलाई स्वीकार गर्यो भारतलाई यस्तो प्रस्ताव गर्नुअघि संसद्बाट संकल्प पास गर्नुपर्ने प्रावधान राखिएको थियो यो संकल्प सिक्किम एकीकरणको दिशामा इन्दिरा गान्धीको संकल्पको एक कदम थियो

    चोग्यालले यसको निहितार्थ बुझे उनले यस विषयमा मसँग छलफल गरे जब उनको प्रमुख कार्यकारी थिएँ, सरकार प्रमुख सभामुख पनि थिएँ, त्यसैले उनले यसको विरोधको साधन मलाई बनाउन चाहेका थिए उनले यस्तो प्रस्तावको वैधतामाथि प्रश्न उठाउन प्रमुख व्यक्तिहरू महिला वकिल मित्रसँग परामर्श गर्दै थिए मैले उनलाई उनको विरोधको अर्थ के हुन्छ भन्नेबारे स्पष्टसँग बताइदिएँ एक स्वतन्त्र राज्यको रूपमा सिक्किमको कुनै कानुनी हैसियत थिएन मैले उनलाई यो सम्झना गराइदिएँ कि उनी भारतका अरू राजा-रजौटाहरूकै समान हैसियतमा थिए, भारतीय सेनाका मानार्थ मेजर जनरल थिए उनी सदैव बृहत् भारतीय राजनीतिक प्रणालीका अंग थिए साथै एक व्यक्ति एक मतका आधारमा चुनिएको राष्ट्रिय संसद्लाई यसप्रकारको संकल्प पारित गर्ने अधिकार हुन्छ मैले उनलाई आफ्नै हैसियतप्रति पनि सावधान बनाएँ मेको सम्झौताले उनलाई संवैधानिक प्रमुख बनाएको थियो भारतले उनका वंशजलाई पनि यो हैसियत दिने आश्वस्त पारेको थियो

    मैले उनलाई यो पद जोगाइराख्न पनि सुझाएँ किनभने सिक्किम एक स्वतन्त्र देश कहिल्यै बन्न सक्दैन, किनभने बेलायती पालामा समेत यो भारतद्वारा संरक्षित थियो सिक्किमको आफ्नै हितका लागि, यसको शान्ति समृद्धिका लागि सिक्किम कंग्रेसले माग गरेअनुसारको भारतसँगको निकट सम्बन्ध नै सही उपाय हो सिक्किमको सांस्कृतिक परिचयको सधैं संरक्षण गरिनेछ चोग्याल वंशको पनि उनले मेरो कुरा सुने तर कुनै प्रतिक्रिया दिएनन् तर जब उनले १९७४ जुलाईमा सिक्किमको भारतीय प्रणालीभित्र रहेर भारतसँगको निकट राजनीतिक आर्थिक सम्बन्धको महत्त्व बुझेर सहयोगका लागि मलाई भेटे, त्यतिबेला निकै ढिला भइसकेको थियो

    संसद्मा एकजनाको विरोधबाहेक सजिलै संकल्प प्रस्ताव पारित भयो सिक्किम भारतको एउटा सहयोगी राज्य बन्यो काजी लेन्डुप दोर्जी मुख्यमन्त्री बने सभामुख पनि नियुक्त गरिए अन्ततः १९७५ मा सिक्किम भारतमा विलय भएपछि मेरो पदलाई पुनःसंरचना गरी गभर्नर बनाइयो मेरा उत्तराधिकारीका रूपमा आएका बीबी लाल त्यहाँका गभर्नर बने

    सुरुमा सहयोगी राज्य बनेर पछि भारतमा सिक्किमको विलय हुनु चोग्यालले सन् १९७५ मा नेपाल गएका बेला लिएको गलत सल्लाहको परिणाम हो नेपालका राजाको राज्याभिषेकमा भाग लिन गएका बेला उनले चिनियाँहरूलाई भेटेका त्यतिबेला गरेका केही गम्भीर राजनीतिक टिप्पणीले ग्यान्टोकको सरकार भारत दुवैसँग उनको असमझदारी बढायो त्यसैले सिक्किम कंग्रेसले चोग्याल हटाउन भारतमा गाभिन माग गर्यो यसका लागि जनमतसंग्रह गरियो त्यसमा निकै अन्तरले हारेपछि चोग्याल अन्तिमपटक पराजित भए, आफ्नै अधिराज्य गुमाए

    थोन्डुप नामग्याल -चोग्याल) धेरै हिसाबले अद्वितीय व्यक्तित्व थिए सिक्किमको अलग पहिचान रहेको देखाउन उनी कहिल्यै हिच्किचाएनन् आफ्नो राज्य गुमाउने प्रतिकूल अवस्थामा पनि उनले आफ्नो मर्यादाविपरीत कुनै सम्झौता गरेनन् दूरदृष्टि नभएका भनेर उनलाई भन्न सकिन्छ तर एक अलग देशका रूपमा सिक्किमको आफ्नो संकल्पलाई उनले कहिल्यै डगमगाउन दिएनन् एकपटकचाहिँ उनले आफ्नो हार स्वीकार गरे आत्महत्या प्रयाससमेत गरे उनले आफ्ना उत्तराधिकारी, जेठा छोरालाई दुर्घटनामा गुमाए होप कुक उनलाई छाडेर दुई सन्तान लिई अमेरिका फर्किसकेकी थिइन् यो सबै सहन निकै गाह्रो थियो बम्बईमा १९७९ मा उनी मलाई भेट्न आएका थिए भने, 'मिस्टर दास, मैले तपाईंको सल्लाह सुनेको भए हुने रहेछ ' उनी उपचारका लागि अमेरिका गएका थिए, कहिल्यै फर्केनन् क्यान्सरले बिते

    सिक्किमको कथा तीनजना महिला इन्दिरा गान्धी, होप कुक काजी लेन्डुप दोर्जीकी बेल्जियन श्रीमतीको प्रतिष्ठाको लडाइँसँग पनि जोडिएको प्रधानमन्त्रीकी श्रीमती हुन् उनले काजीसँग बिहे गरेकी थिइन् काजी फगत् मोहरामात्र थिए, उनलाई आफ्नो महत्त्वाकांक्षाका लागि प्रयोग गर्ने कजिनी नै थिइन् काजीलाई भेट्नुअघि उनी टर्कीका कमाल अतातुर्क चीनका चाउ एनलाईसँग पनि नजिक थिइन् भनेर उनी आफैं सुनाउँथिन् उनले नेपाली नरबहादुर -खतिवडा) लाई छोरा बनाएर आन्दोलनमा उतारेकी थिइन् चोग्याल होप कुक यिनलाई घृणा गर्थे

    अमेरिकी बेल्जियन महिलाहरूले विध्वंसात्मक भूमिका निर्वाह गरे सिक्किमेली राजनीतिका मुख्य खेलाडी चोग्याल काजीलाई आफ्नो महत्त्वाकांक्षाका लागि आफूअनुकूल प्रयोग गरे सिक्किमको पहिचान कायमै राख्ने भन्ने ठूलो मुद्दालाई प्रजातान्त्रिक प्रक्रियाबाट सानो बनाउँदै जानुपर्नेमा उनीहरूका गलत कामका कारण आफ्नै संरक्षकको पतन निम्त्याए यो जसरी भयो, त्यो दुःखद कुरा हो मेको सम्झौता भारतसँग सिक्किमको विलयको दिगो प्रक्रिया हुन सक्थ्यो खासमा हामीले सिक्किम भारतमा त्यसरी नै मिलाउन चाहेका थियौं, जसरी अरू राज्यलाई मिलाइएको थियो

    सिक्किमको नयाँ परिचयको योजनाकार इन्दिरा गान्धी थिइन् अति भावुक हुनाका बाबजुद उनले निर्णय प्रक्रियामा कुनै भावुकता देखाइनन् आफ्नो लक्ष्य प्राप्तिका लागि उनी निर्दयी बन्न सक्थिन् उनीजस्तो अर्को कोही हुन सक्दैन सिक्किम भारतको भाग हो भन्ने स्वीकार गरी चीनलेे नाथुलामा भारत-चीनको व्यापार नाका खुला गर्नु पनि भारतले चालेको कदमको परिणाम नै हो भुटानलाई उसको संयुक्त राष्ट्रसंघीय सदस्यता 'स्पोन्सर' गर्न इन्दिरा गान्धी आफैं गइन् चीनले भुटान सिक्किमलाई आफ्नो हातका दुई औंला भनेर देखाइरहेका बेला ती दुवैले चीनको आधिपत्य-दाबीबाट छुट्कारा पाए यो मेरो सौभाग्य हो कि यो दुवै मुद्दामा मैले मुख्य भूमिका निर्वाह गर्न पाएँ

    नेपाल, भुटान सिक्किमको हिमालय शृंखला भारतीय सुरक्षाका बाह्य परिधि हुन् भन्ने मान्यता त्यसैकारण स्थापित भयो, जसलाई चीनलगायत विश्व समुदायले मान्यता दिएको

    साभार :- कान्तिपुर प्रकाशित मिति: २०७० वैशाख २८  http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=295867

    सानाले सुन्न नहुने कथाहरू

    सानाले सुन्न नहुने कथाहरू
    ·    लेखक :-     खगेन्द्र संग्रौला
    हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा छ्यास्छ्यास्ती थिए।


    ठूलाबडाले सुन्नु हुने र भन्नु पनि हुने, सानाले सुन्नु नहुने र भन्नु नहुने। कथा पाजी पनि कति अप्ठेरा, हकि? तर मान्छेको जातै अनौठो। जे सुन्नु हुँदैन भन्यो, लुकिछिपी त्यही सुन्न मन लाग्ने। जे भन्नु हुँदैन भन्यो, ठूलाठालुका कान छलेर त्यही भन्नुपर्ने।

    ती लोग्नेमान्छे र आइमाईका कथा थिए। ती तिनका उठबस र लसपसका कथा थिए। साइँला बाबैको एउटा गोठालो थियो। उसको नाउँ थियो सुइखुट्टे पाठक। सुइखुट्टे अग्लो थियो। उसको जिउ थियो खिरिलो भाटोजस्तो। छ्याके अनुहार, कालो वर्ण। सुइखुट्टेको रूप विरूप थियो। मान्छे भने त्यो थियो हुनुसम्मको रौसे। म साथीसंगीसँग गाईबस्तु चराउन माथि जंगलमा जान्थेँ। सुइखुट्टे कम्मरमा नाम्लो बाँधेर कतै सुसेलो हाल्दै, कतै पात बजाउँदै गाईबस्तु चराउन र घाँस काट्न जंगल जान्थ्यो। भन्नुमात्रै सुइखुट्टे, त्यो बजिया त जंगलको हिरो नै थियो। मेरा बाबै! त्यसका हिरोइनहरू त कति हुन् कति! किस्नजीका गोपिनीजस्तै जंगलैभरि त्यसका हिरोइन।


    सुइखुट्टे दयालु थियो। ऊ मलाई ऐँसेलु टिप्ने अंकुसे बनाइदिन्थ्यो। म चुलेसेका पातका सोलीमा ऐँसेलु टिपेर उसलाई टक््रयाउँथे। ऐँसेलु खाँदा ऊ मलाई अँगालो मारेर काखमा राख्थ्यो।


    'तैंले खाइस्?'


    'खाएँ।'


    'खा छैनस् होला नाथे, आँ गर्।'


    म आँ गर्थें। ऊ पहिले मलाई मुखभरि एँसेेलु हालिदिन्थ्यो अनिमात्र आफू खान्थ्यो।


    जिब्रामा ऐँसेलु लिएर ऊ मलाई जिस्क्याउँथ्यो, 'ए फुच्चे केटा, आँ गर्।'


    मलाई त्यसैत्यसै घिन लागेर आउँथ्यो, र ओठ टम्म बाँधेर म हातले मुख छोप्थेँ। अनि ऐँसेलु निलेर ऊ मेरा गाला चाट्थ्यो। गालामा उसको थुक लाग्दा मलाई दिगमिग लागेर आउँथ्यो।


    'काफल खान्छस् केटा?' सुइखुट्टे मलाई सोध्थ्यो।


    'कल्ले टिपिदेओस् र?' म आश भरिएका आँखाले उसलाई हेर्थें। ऊ मलाई काखीमुनि समातेर जुरुक्क उचाल्थ्यो, हावामा सैसला खेलाउँथ्यो र जतनले भुइँमा राख्थ्यो। अनि ऊ हात समातेर बालकलाई झैं मलाई डोर्यानउँदै काफलको बोटतिर लान्थ्यो।


    ऊ कहिले वनतरुल खनेर आगो जोरेर पोल्थ्यो। कहिले चरा मारेर झिल्स्याउँथ्यो। कहिले चराका फुल पातमा बेरेर मलाई पोलिदिन्थ्यो। ऊ जंगलको मेरो ठूलो साथी थियो, अनि म चाइने उसको सानो साथी। हामी एउटा चिम्टाका दुई खुट्टीजस्ता थियौं। सुइखुट्टे पाठक र म।


    घाँसको भारी बाँधेपछि सुइखुट्टे भन्न नहुने र सुन्न नहुने कथा कथ्न थाल्थ्यो। ऊ अंकुसे पारेको औंलो मुखमा हालेर सुइऒ्ढय सुसेलो हाल्थ्यो। 'वारि जमुना, पारि जमुना' गाउने खेमराज गुरुङको तालमा कुर्र गर्दै कुर्लिन्थ्यो। पात बजाएर एकदम मनै हर्ने भाकामा गीत गाउँथ्यो। ऊ सुनिरहूँ लाग्ने गरी मुर्चुङ्गा पनि बजाउँथ्यो। गाईबस्तु हेर्न हाम्रा दिदीहरू पनि जान्थे। मेरा साना कान्छाउका छोरीहरू। दिदीहरू कहिल्यै सुइखुट्टेको छेउ पर्दैनथे। ऊ पूर्वतिरबाट आए उनीहरू पश्चिमतिर भाग्थे।


    'त्यो रन्डो हो,' मुख बिगार्दै दिदीहरू भन्थे।


    'त्यल्ले देख्यो भने लखेट्छ,' दिदीहरू डराउँदै साउती गर्थे।


    'तैंले त्यो भए ठाउँ नजानू,' दिदीहरू मलाई चेतावनी दिन्थे, 'त्यल्ले तँलाई पनि रन्डो बनाउन बेर छैन।'


    'रन्डो' भनेको के हो र त्यसले के गर्छ मलाई थाहा थिएन। मेरा लागि त ऊ हित्तचित्त मिलेको जंगली साथी थियो। जंगलको बीचमा एउटा ठूलो चउर थियो। चउरका छेउछाउमा चप्लेटी ढुंगाहरू टक््रयाकटुत्रु्कक बसेका थिए। हामी तिनै ढुंगामा बस्थ्यौं। दिदीहरूचाहिँ परै, अलग्गै कतै झाडीमा लुक्थे। अथवा सुइखुट्टेले नदेख्ने गरी रूखमा चढेर उसलाई हेर्थे।


    यता चप्लेटी ढुंगामा बसेर सुइखुट्टे दिल खोलेर गीत गाउन थाल्थ्यो। उसका हिरोइनहरू उता जंगलभित्र दाउरा खोज्दै हुन्थे। उनीहरू उसका गीतको सवालको जवाफ गीतैले फर्काउँथे। उसका गीतहरू 'आउन कान्छी सँगै बसम् परे जे त पर्ला' खालका हुन्थे। उताबाट उसका हिरोइनहरू 'तिम्रो भर छैन, तिमीले अभर पार्न बेर छैन' भनेर पन्छिन खोज्थे। सुइखुट्टेको स्वर धर्मराज थापाको भन्दा कम थिएन। उसको स्वरको जादू र उसका कुराको बल्छीले तानेर उसका हिरोइनलाई ओरओर ल्याउँथ्यो। मनका भावनालाई गीतको लयमा उन्न ती हिरो–हिरोइन औधी सिपालु थिए। सुइखुट्टे हिरोइनहरूलाई फकाउन खोज्थ्यो। हिरोइनहरूचाहिँ उसलाई अनेकओली घोचपेच गर्थे। 'तेरो मुख चिप्लो छ, तेरो मन बांगो छ। पहिले जालमा पार्छस्, पछि अलपत्र पारेर कतै भाग्छस्,' हो, हिरोइनहरू आफ्ना गीतमा यस्तैयस्तै कुरा गर्थे।

    पछि त एउटी हिरोइन घुम्टोले मुख आधा छोपेर, घोसेमुन्टो लाउँदै, मसिनो स्वरमा गीत गाउँदै चप्लेटी ढुंगाको पल्लो छेउमा बस्न आउँथी। गीतसँगै ऊ अलि यता सर्थी, ऊ अलि उता सर्थ्यो। अनि रनवनै रसिलो हुने गरी ऊ भाका घुमाउँथ्यो, 'कसको छोरा, कसको छोरी, पर्योि मया जालमा। कुर्र'।'

    सुइखुट्टे उसकी हिरोइनलाई सिलाम हालेका चामल खान दिन्थ्यो। कति चोटि खान्नँ–खान्नँ भनेपछि आखिरमा हिरोइन हात थाप्थी।

    'चामल खान्छस्, केटा?' ऊ मतिर हात लम्काउँथ्यो।


    'नाइँ खान्नँ। चुर्ना पर्छन्।'


    'आँ गर् पाजी,' ऊ मेरो कपाल अँठ्याएर मुखमा चामल हालिदिन्थ्यो। आ' चुर्ना परे परिरहून््, म कुरुमकुरुम चामल चपाउँथेँ। सुइखुट्टेले उसकी हिरोइनलाई खानेकुरा दिएर फकाएको देख्दा मलाई हाम्रा घरका परेवा–परेवीको सम्झना आउँथ्यो। हाम्रो आँगनमा भाले परेवा उसकी पोथीलाई त्यसैगरी त फकाउँथ्यो। त्यो पुच्छर र पखेटा फर्र पिँ्कजाउँथ्यो, रमितलाग्दो गरी गर्दनको भुवा फुलाउँथ्यो। त्यो माकुर–कुर, माकुर–कुर गर्दै भाका हालेर घुर्थ्यो। उसकी पोथीलाई छेक्थ्यो। पहिले पोथी भाग्थी, माकुर–कुरको तालमा ऊ पछ्याउँदै जान्थ्यो। पछि पोथी भाग्न छाड्थी। भाले उसकी पोथीलाई चुचाले चारो खुवाउँथ्यो। खुसी भएकी पोथी पखेटा भुइँमा लतारेर बस्थी र भाले उसमाथि चढ्थ्यो। आफ्नी हिरोइनलाई चारो खुवाएपछि सुइखुट्टेले चाइने के गर्ला? मलाई खुल्दुली लागेर आउँथ्यो। कुन्नि, झिल्के बजियाले त्यसै पो गर्ला कि?


    नजिक–नजिक हुँदै जंगली हिरो–हिरोइन सँगसँगै टाँसिन पुग्थे। तिनले एकअर्काका हात समाउँथे, हात मुसार्थे। ती घरि मस्याकमुसुक गर्थे, घरि कितित्त हाँस्थे, घरि एकअर्काका डँडेल्नामा धाप मार्थे।


    'ए केटा, तँ ह्याँबाट भाग्,' सुइखुट्टे मलाई भन्थ्यो।


    त्यो सुन्दा मलाई नमज्जा लाग्थ्यो। कस्तो छुच्चो मान्छे! परेवाको भाले त केटाकेटीहरूलाई कहिल्यै त्यसो भन्दैन नि।


    'भाग्दिनँ,' म अटेर गर्थें।


    'भागिहाल्,' ऊ बडाबडा आँखाले मलाई डस्थ्यो।


    'म किन भाग्ने?'


    'लाटा, अब ह्याँ गडबड हुन्छ।'


    त्यसपछि म भागेर दिदीहरू भए ठाउँमा जान्थे। सुइखुट्टे बजिया ड्यान्जर थियो। ऊ जंगलको बीचमा देख्न नहुने, सुन्न नहुने र सुनाउन नहुने कथाहरू कत्थ्यो।


    हाम्रो कुलको गोलो ठूलो थियो। त्यो गोलोमा यस्ता सुन्न र भन्न नहुने कथा थुप्रै हुँदा हुन्। यहाँ भन्न नहुने एउटा कथा म भन्छु। यो हाम्रा काइँला बडीबाकी माइली छोरीको कथा हो। हाम्री अभागी दिदीको सारै नरमाइलो कथा। दिदीलाई एउटा बूढालाई दिएका थिए। पहिली स्वास्नी मरेर बूढो एक्लो परेको थियो। बूढा दिदी भन्दा दोब्बर बूढो हुँदो हो। बूढाको धन थियो। बूढाले तरुनीलाई राम्ररी पाल्ला भनेर होला दिदीलाई रुवाउँदै उसको पछि लाइदिए। दिदीले छोरी पाइन्। अनि भिनाजु मास छर्न गए। बिधुई दिदी माइतीको शरण परिन्। उमेर थियो, त्यसमाथि दिदी हिस्सी परेकी थिइन्। दिदीलाई बित्पाते भन्थे। कतै तन्नेरी देख्यो कि उसलाई आँखा झिम्क्याइहाल्ने रे।


    'त्यस बाइफालेले भारपाका रिजालसँग कसरी आँखा झिम्क्या'की!' एक दिन चतुरे बजारबाट फर्केपछि बाले आमालाई सुनाए। बाको स्वरमा घृणाको भाव थियो। 'सारा दुनियाँका मुखेन्जी!' नाकका पोरा फस्फस् फुलाउँदै बाले भनेे, 'त्यस फुँडीले हाम्रा कुलका नाकाँ गुहु लाउने भई।'


    आमाले त्यो सुन्न नहुने कथा चुपचाप सुनिन्।


    केही सातापछि दिदी उही रिजालसँग पोइल गइन्। ऊ पूर्वीया बाहुन थियो, उनी परिन् कुमाईकी छोरी। उसमाथि त्यस डाँगाकी अर्की स्वास्नी थिई र ग्यालग्याल्ती छोराछोरी थिए। अलि महिना राख्यो र रिजालले हाम्री दिदीलाई मिल्कायो। घुम्दैफिर्दै रुम्जाटार– दिदी फेरि माइतीको शरणमा आइन्। बस्, भन्न नहुने कथा तुरियो।


    अब अर्को कथा भन्छु। तल्ला गाउँमा एकटा दर्जी थियो– सेते। ऊ थियो देशी पाराले लुगा सिउन असाध्यै सिपालु। उसको ज्याला चर्को थियो। त्यसैले हुनेखानेहरू मात्रै उसका हातबाट लुगा सिलाउँथे। हाम्रो परिवारको औकात थिएन। तर काइँला बडीबाको चकचकी अर्कै थियो। उनको आफ्नै कपडा दोकान थियो। र, उनकहाँ फालाफाल हुने गरी लुगा सिलाइन्थे। त्यो पनि अरूका हातबाट होइन, उही सेते दर्जीका हातबाट। लुगा सिलाइसक्न दुई–तीन दिन लाग्थ्यो। सिउन आउँदा सेते बडीबाकै घरमा बास बस्थ्यो।


    'त्यल्ले त भुँडी बोकिछ,' एक साँझ बाले आमासँग साउती गरेको मैले सुनेँ।


    'कल्ले?'


    'त्यै काँल्दाइकी छोरी बाइफालेले।'


    'कसको भुँडी?'


    'त्यै लुगा सिउने डुमको होला।'


    'हरे भगवान, यो के सुन्नुपर्याँ हो!' आमाले सुस्केरा हालिन्।


    केही महिनासम्म दिदीको नाक–मुख कतै देखिएन। बडीबाकहाँ जाँदा मलाई दिदीलाई भेटूँभेटूँ लाग्थ्यो। र, उनलाई कतै नदेख्दा मलाई उनको न्यास्रो लागेर आउँथ्यो। 'साना जातसँग सल्किने आइमाईलाई मार्छन्'– मैले कताकता सुनेको थिएँ। कुन्नि, दिदीलाई मारिसके कि!


    एक दिन मैले दिदीलाई घरपछाडि भेडाका खोरनेर देखेँ।


    'कान्छा, यता आइज,' दिदीले डाकिन्।


    म दिदीनेर गएँ। उनले मेरो हात समातिन् र मायाले मुसारिन्।


    'म याँ छु भनेर तैंले कसरी चाल पाइस्?' दिदीले सोधिन्।


    'त्यत्तिकै,' मैले भनेँ।


    दिदीको भुँडी डम्म फुलेको थियो र उनका गालामा कत्ला बसेका थिए। मलाई अँगालो मारेर दिदी पिलपिल रोइन्।


    'मेरा थाप्लामा सगर खस्यो, मेरा भाइ,' दिदीले बिलौना गरिन्, 'यस जुनीमा मैले तँलाई देख्नु यत्ति होला।'


    उनले मुसारिरहेको मेरो हातमा उनका आँसुका थोपा तप्पतप्प खसिरहे। के भनूँ, के भनूँ भएर म जिल्ल परेँ।


    'जा, मलाई एक लोटा पानी ल्याइदे।'


    म पानी लिन हिडेँ।


    'यता सुन्,' हत्तपत्त उनले भनिन्, 'त्यो लोटा घरभित्र नहुल्नु नि।'


    'किन?' मैले सोधेँ।


    उत्तर दिनुको सट्टा उनले दुई हातले मुख छोपिन्।


    'यो कुरो तँलाई भन्नु हुँदैन,' यसो भनेर उनी घुँक्कघुँक्क रुन थालिन्।


    केही दिनपछिको कुरा हो। झमक्कै साँझ परेपछि हाम्रा बा अगुल्टो हल्लाउँदै बाहिर निस्के।


    'यति अबेर कता हो?' आमाले सोधिन्।


    'रन्डीलाई बाटो लाउन,' बाले मुख बिगार्दै भनेे।


    दाइहरू घरमा थिएनन्। म बाको साथी गएँ। साउन महिना, झमझम पानी परिरहेको थियो। बडीबाका घरमा अलिबेर बसेपछि दाइहरू सेते दर्जीलाई लिएर आइपुगे। उसका हात पछाडि फर्काएर डोरीले टन्टनी बाँधिएका थिए। घरपछाडिबाट आइमाईहरू मधुरो स्वरमा रोएको आवाज आइरहेको थियो। बडीआमाले दिदीलाई हात समातेर घिसार्दै अगाडि ल्याइन्। आँगनमा आइपुगेपछि दिदी डाको छाडेर रुन थालिन्। बडीआमा भाउन्न भएर आँगनमै ढलिन्।


    'अब के रुन्छेस्?' बडीबाले खिन्न स्वरमा भनेे, 'आफ्नो कर्मको फल भोग्न अब लाग् आफ्नो बाटो।'


    सेते दर्जीका हातको डोरी फुकाइदिए। राँकाको उज्यालोमा नूर गिरेको उसको अनुहार कालो–नीलो देखियो। ऊ डरले कामिरहेजस्तो लाग्थ्यो।


    'लु, लाग बाटो,' बाले खटन गरे, 'यस गाउँमा अब तिमेर्लाई ठाउँ छैन।'


    कोकोहोलो मचाएर रुँदै दिदी अघि लागिन्।


    बडीबाले थर्काए, 'तेरो मुख बन्द गर्। दुनियाँले सुनेर के भन्छ?'


    बाले सेते दर्जीलाई एक झापट हानेर भने, 'तँ बाहुनी ताक्ने साला डुम !'


    मसिनो स्वरमा सेतेले भन्यो, 'मैले होइन। पैले उनै म सुत्या ठाउँमा आ'की हुन्।'


    दिदी घुम ओडेर रुँदै डाँडो काट्न हिँडिन्। सेते भिज्दै उनको पछि लाग्यो।


    यसरी भन्न नहुने अर्को कथा अन्धकारमा भिजेर टुंगियो।


    साभार :- नागरिक दैनिक २९ चैत्र, २०७० प्रकाशोन्मुख बाल्यकालका पदचापहरूबाट






    साढे २ बर्षीय नेपाली बालकले सबै लाई नचाए भिडियो हेर्नुहोस

    साढे २ बर्षीय नेपाली बालकले सबै लाई नचाए  भिडियो हेर्नुहोस
    क्यानडामा बसोबास गरिरहेका एक नेपाली बालक  जसले साढे दुइ वर्षमै आश्चर्यरुपमा आफ्नो कला प्रस्तुत गरेका छन्। क्यानाडामा नै रहेका एक नेपाली  बालकले क्यानाडामा रहेका नेपालीहरुले गरेको एक सार्वजनिक कार्यक्रममा मादल बजाएर आफ्नो यस्तो कला प्रस्तुत गरेका हुन्।


    बुलबुल, साउन ३१ बुधवार एपिसोड १५५

    बुलबुल, साउन ३१  बुधवार एपिसोड १५५
    शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

    Download Bulbul : Episode-155

    कोमल ओलि को नया तीज गीत पती देब का लागि

    कोमल ओलि को नया तीज गीत पती देब का लागि

         नेपाली चाड पर्ब को आगमन हाम्रो घर आगन मा हुँदै छ । नेपाली चेली हरुको  महान चाड तिज पनि नजिकिदै छ ।  भिभिन्न तीज गीत हरु आउने क्रम जारी छ । हाम्रो  सुन्दर दाङ कि गाइका कोमल ओलि ले पनि तीज गीत लिएर आएकी छन ।

    कोमल ओलि को नया तीज गीत पती देब का लागि   
                   
             

    बुलबुल, साउन १० बुधवार एपिसोड - १५२

    बुलबुल, साउन १० बुधवार  एपिसोड - १५२


    शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो
    अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।

     बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

    बुलबुल:Episode - 151 नयाँ अंक बुधवार साउन ३

    बुलबुल:Episode -  151 नयाँ अंक बुधवार साउन ३

    शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।

    बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

    Listen to Bulbul Episode-151
    Logo

    © 2024 Podcastworld. All rights reserved

    Stay up to date

    For any inquiries, please email us at hello@podcastworld.io